वीरगन्जमा मलको मूल्य बढाउने निर्णयको वडाध्यक्षद्वारा विरोध
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले सरकार संविधानको मर्म र संसदीय व्यवस्थाको भावनाविपरीत अघि बढिरहेको आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सिंहले मुलुक बाढी–पहिरोलगायत प्राकृतिक विपत्तिको चपेटामा परिरहेको र अर्थतन्त्रमा ठूलो क्षति पुगेको अवस्थामा सरकारको कार्यशैलीप्रति प्रश्न उठाएका हुन्।
उनले देशको अर्थतन्त्रमा खर्बौं रुपैयाँ बराबरको क्षति भएको दाबी गर्दै संकटका बेला सरकार संविधानको सीमाभित्र रहेर प्रभावकारी रूपमा सञ्चालन हुनुपर्ने बताए।
सिंहले निर्वाचनका क्रममा संविधान परिवर्तन गर्ने कुनै प्रतिबद्धता नगरिएको उल्लेख गर्दै अहिले संविधानको मूल मर्ममाथि नै प्रहार भइरहेको आरोप लगाए।
नेपालको शासन प्रणाली संसदीय व्यवस्थामा आधारित भए पनि सरकारको निर्णय प्रक्रिया प्रधानमन्त्री र मन्त्रिपरिषद्को संस्थागत संरचनाभन्दा बाहिर केन्द्रित हुँदै गएको उनको दाबी थियो।
‘संसदीय व्यवस्थामा प्रधानमन्त्री शासकीय व्यवस्था छ। तर, यहाँ सल्लाहकार व्यवस्थामा परिवर्तन भएको छ,’ सिंहले भने, ‘सरकारको केन्द्र ज्वागल बनेको छ। हुकुमी शासन बनिरहेको छ।’
सरकारको शक्ति र निर्णय प्रक्रियाको केन्द्र परिवर्तन हुँदै गएको भन्दै उनले यस्तो प्रवृत्तिले लोकतान्त्रिक तथा संसदीय अभ्यास कमजोर बन्ने खतरा रहेको बताए।










