नागरिकले दुःख नपाउने गरी काम गरिरहेका छौँ : गृहमन्त्री गुरुङ
गृहमन्त्री सुधन गुरुङले नागरिकले अनावश्यक दुःख र झन्झट भोग्न नपरोस् भन्ने उद्देश्यले सरकार काममा केन्द्रित रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको स्मृतिसभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले परम्परागत राजनीतिक भाषणभन्दा कामको परिणाम देखाउन आफूहरू सरकारमा आएको बताए।
उनले विगतमा राजनीतिक नेतृत्वले धेरै आश्वासन र भाषण गरे पनि त्यसअनुसारको परिणाम नागरिकले पाउन नसकेको बताए। अहिले भने भाषणभन्दा कामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
गुरुङले नागरिकको समस्या समाधान गर्न कति काम गर्न सकियो भन्ने विषय सरकारको मुख्य प्राथमिकता रहेको बताए।
“आज हामीले कति नागरिकलाई दुःख हुनबाट जोगाउन सक्यौँ भन्ने कुरा महत्वपूर्ण हो। त्यसैलाई आधार बनाएर काम गरिरहेका छौँ,” उनले भने।
नागरिकको आवश्यकता र कामको परिणामलाई प्राथमिकता दिइरहेको बताउँदै उनले कार्यालय समय सकिएपछि काम रोक्ने सोचमा आफूहरू नरहेको स्पष्ट पारे।
“घडीको समय हेरेर काम रोक्ने पक्षमा हामी छैनौँ,” गृहमन्त्री गुरुङले भने।गृहमन्त्री सुधन गुरुङले नागरिकले अनावश्यक दुःख र झन्झट भोग्न नपरोस् भन्ने उद्देश्यले सरकार काममा केन्द्रित रहेको बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित जेनजी शहीदहरूको स्मृतिसभालाई सम्बोधन गर्दै गृहमन्त्री गुरुङले परम्परागत राजनीतिक भाषणभन्दा कामको परिणाम देखाउन आफूहरू सरकारमा आएको बताए।
उनले विगतमा राजनीतिक नेतृत्वले धेरै आश्वासन र भाषण गरे पनि त्यसअनुसारको परिणाम नागरिकले पाउन नसकेको बताए। अहिले भने भाषणभन्दा कामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।
गुरुङले नागरिकको समस्या समाधान गर्न कति काम गर्न सकियो भन्ने विषय सरकारको मुख्य प्राथमिकता रहेको बताए।
“आज हामीले कति नागरिकलाई दुःख हुनबाट जोगाउन सक्यौँ भन्ने कुरा महत्वपूर्ण हो। त्यसैलाई आधार बनाएर काम गरिरहेका छौँ,” उनले भने।
नागरिकको आवश्यकता र कामको परिणामलाई प्राथमिकता दिइरहेको बताउँदै उनले कार्यालय समय सकिएपछि काम रोक्ने सोचमा आफूहरू नरहेको स्पष्ट पारे।
“घडीको समय हेरेर काम रोक्ने पक्षमा हामी छैनौँ,” गृहमन्त्री गुरुङले भने।