भोटेकोशी बाढीको पीडामा जनजागरण आमा समूह सपहि : मृतकप्रति श्रद्धाञ्जली सहित दिप प्र्ज्वलन

कोल्हवी न्यूज
२०८३ भाद्र २२, सोमबार १९:३८ गते

कोल्हवी । रसुवाको भोटेकोशी नदीमा आएको भयावह बाढीबाट भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति जनजागरण आमा समूह,कोल्हवी नगरपालिका–४,सपहीले सपही चौकमा  गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली सहित दिप प्रज्वलन गरेको छ।

 

 

समूहले एक शोक सभा सहित दिप प्रज्वलन गर्दै प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको हो। साथै, शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै यस दुःखद् घडीमा पीडित परिवारप्रति ऐक्यबद्धता जनाएको छ।

 

 

भोटेकोशी नदीमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको घटनाले आफूहरू स्तब्ध र मर्माहत भएको जनाउँदै समूहले बेपत्ता नागरिकहरूको शीघ्र खोजी तथा उद्धार हुनुपर्नेमा जोड दिएको छ। बाढीका कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको समेत समूहले कामना गरेको छ।

 

 

समूहले विपत्तिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्बन्धित निकायले प्रभावकारी रूपमा काम गर्नुपर्ने जनाएको छ। यस्तो कठिन परिस्थितिमा पीडित परिवारलाई आवश्यक सहयोग र साथ दिन सम्पूर्ण नागरिकलाई समेत आग्रह गरिएको छ।

 

 

सरकारले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति घोषणा गरेको राष्ट्रिय शोकप्रति जनजागरण आमा समूहले ऐक्यबद्धता जनाएको छ। राष्ट्रिय शोकको यस घडीमा सबै नेपालीलाई धैर्यधारण गर्न तथा पीडित परिवारसँग एकजुट भएर उभिन समूहले अपिल गरेको छ।

 

 

 

प्राकृतिक विपत्तिबाट ज्यान गुमाउनुहुने सबैप्रति पुनः भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिप प्रज्वलन सहित समूहले दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ। साथै, शोकसन्तप्त परिवारजनलाई यो अपूरणीय क्षति सहन सक्ने शक्ति मिलोस् भन्दै १ मिनेट मौन धारणा गर्दै प्रार्थना गरेको थियो।कार्यक्रमको सहजिकरण रसिक सुबेदिले गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*