प्रेस सेन्टर नेपाल मकवानपुर एम.पि शर्माको अध्यक्षतामा सर्वसम्मत चयन

कोल्हवी न्युज
२०८१ माघ १२, शनिबार २३:०५

मकवानपुर:प्रेस सेन्टर नेपालको मकवानपुर शाखा अध्यक्षमा यमप्रसाद शर्मा पौडेल (एम.पि)सर्वसम्मत चयन भएका छन् ।

शनिबार हेटौँडामा भएको सेन्टरको छैठौं जिल्ला अधिवेशनबाट शर्माको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

जसको उपाध्यक्षद्वयमा अशोकसुजन श्रेष्ठ, नवराज वाईबा, सचिवमा अनिल पराजुली, कोषाध्यक्षमा राजेश थापा (गरिब) र सहसचिवद्वयमा जमुना थिङ, सुरेश बल रहेका छन् भने पहिलो बैठक बाट ३ कार्यसमिती सदस्य चयन हुने छन ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा विवेक सिन्तान, केदार ढकाल, सुमित विश्वकर्मा, सिता कोइराला, राजकुमार स्याङ्बो, युवराज बिमली र आशिष बल चयन हुनुभएको छ ।

अधिवेशको उद्घाटन कार्यक्रममा प्रेस सेन्टर नेपाल मकवानपुरकी निवर्तमान अध्यक्ष अञ्जली थापाको सभाध्यक्षता तथा प्रेस सेन्टरका केन्द्रीय अध्यक्ष विष्णु सापकोटा ‘जुगल’को प्रमुख आतिथ्यता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*