कोल्हवी नगरपालिका द्वारा नि:शुल्क शिक्षा सेवा आयोगको तयारी कक्षा शुरु
कोल्हवी:कोल्हवी नगरपालिकाको आयोजनामा नि:शुल्क शिक्षक सेवा आयोग तयारी कक्षा बुधबार बाट कोल्हवी नगरपालिकामा शुरु भएको छ।
कोल्हवी नगरपालिकाकि नगर उप-प्रमुख लक्ष्मी कुमारी चौधरीको सभाध्यक्षमा र नगरप्रमुख राम प्रसाद चौधरीको प्रमुख आथित्यतामा निशुल्क शिक्षा सेवा आयोगको तयारी कक्षाको उद्वघान गर्नु भएको थियो।
यसै गरि विशिष्ट अथितिमा कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइटेल रहनु भएको थियो भने अतिथिहरुमा वडा न.१का अध्यक्ष राजहरण चौधरी,वडा न.२ का अध्यक्ष गोपाल प्रसाद अधिकारी,वडा न.३ अध्यक्ष किशुनदयाल चौधरी,वडा न.९ दल बहादुर चौधरी,शिक्षा शाखा प्रमुख मिश्रिलाल शाह,श्री ने.रा.मा.वि.सपहीका प्र.अ.भुनेश्वर चौधरी लगाएत प्रशिक्षक तथा शिक्षा सेवा आयोग तयारी कक्षामा सहभागी हुने विधार्थीहरुको उपस्थिति रहेको थियो।
उक्त निशुल्क शिक्षा सेवा आयोगको तयारी कक्षामा ५४ जना बिध्यार्थिहरुले सहभागी जनाउने छन।तयारी कक्षा २ महिना चल्ने छ।