रास्वपाको कोल्हवी नगर संयोजकमा थानेश्वर पहाडी
कोल्हवी:राष्ट्रिय स्वतन्त्र पार्टी बाराले थानेश्वर पहाडीलाई कोल्हवी नगरपालीकाको पालिका संयोजकमा मनोनित गरेको छ।
पहाडीलाई कोल्हवीको नगर भेला सम्पन्न नहुन्जेलसम्म माघ ८ गतेदेखी लागू हुनेगरी पालिका संयोजकको जिम्मेवारी दिईएको जिल्ला सभापति चन्दन स्वर्णकारद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ।
उनलाई जतिसक्दो चाँडो कोल्हवी भेला आयोजना गर्न पनि जिल्ला समितिले निर्देशन दिएको छ।
पुस २० र २१ गते बसेको रास्वपा केन्द्रिय समिति बैठकले माघ २ गतेदेखी संगठन निर्माण अभियान संचालन गरि सदस्यता विस्तार तथा पालिका र वडाकमिटी निर्माण गर्ने निर्णय गरेको थियो।
सोही निर्णय बमोजिम रास्वपाले देशव्यापीरुपमा संगठन निर्माण अभियान संचालन गरिरहेको छ