तामागढिको नि:शुल्क स्वास्थ्य शिबिरमा दोश्रो दिन ९५ जनाले मुटु परिक्षण गराए

कोल्हवी न्युज
२०८१ माघ ४, शुक्रबार १८:३२

कोल्हवी:बाराको तामागढी हस्पिटल प्रा.लिले माघी पर्वको अवसर पारेर सन्चालन गरेको तिनदिने नि:शुल्क स्वास्थ्य परिक्षण अन्तर्गत दोश्रो दिन डा.जितेन्द्र कुमार मिश्र द्वारा ९५ जनाको मुटु परिक्षण गरिएको छ।

उक्त निशुल्क स्वास्थ्य शिबिरमा कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरी,ई.प्र.का कोल्हविका प्रहरी निरीक्षक किशन बस्नेत लगायत स्थानिय जनप्रतिनिधी हरु समेतले मुटु परिक्षण गरेका थिए।

उक्त निशुल्क मुटु परिक्षण पश्चात् डा.मिश्र लाई कोल्हविका मेयर राम प्रसाद चौधरी द्वारा प्रसंशा पत्र प्रदान गर्नुभएको थियो।

तेश्रो दिन शनिवार भोलि ५ गते बरिस्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.राजेन्द्र कुमार चौधरी द्वारा स्त्री तथा प्रसुतिहरुको निशुल्क चेकजाँच गरिन्छ भने वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.नवीन कुमार सिह द्वारा निशुल्क चेकजाछ गरिने अस्पताल ब्यब्स्थापनले जानकारी दिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*