हेटौंडामा समुदाय स्तरीय कानुनि शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न
हेटौंडा:टोल विकास संस्था नगर समन्वय समिति,हेटौंडा उपमहानगरपालिकाको आयोजना तथा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिको सहयोगमा हेटौंडा-१२ र १३ नं वडामा रहेका टोल विकास संस्था एवम् अन्य संघ संस्थाका पदाधिकारी एवं सदस्यहरूको लागि समुदाय स्तरीय कानुनि शिक्षा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
नगर समन्वय समितीका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको अध्यक्षता एवं हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाको प्रमुख आतिथ्यता तथा वडा नम्बर १३ का वडा अध्यक्ष पेम्बा लामाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका न्यायिक समितिका सदस्य एवं नगर समन्वय समितीका सल्लाहकार ज्ञान बहादुर थापा, टोल विकास संस्था नगर समन्वय समितिका उपाध्यक्ष विष्णु ढुङ्गाना, मेलमिलाप केन्द्रका संयोजक एवम् नगर समन्वय समितिका सदस्य यदुवंश खतिवडा, नगर समन्वय समितिका सदस्य राम बहादुर बाईवा, नगर समन्वय समितिका सदस्य एवम् १३ नं वडा समन्वय समितीका अध्यक्ष बालकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमलाई हेटौंडा उपमहानगरपालिकाका कानुनी अधिकृत अधिवक्ता सुजन तिमल्सिना, अप्सरा बस्नेत तथा अन्जिता थापाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा हेटौंडा १२ र १३ नं वडाका ६० जनाको सहभागीता रहेको थियो ।