तीन दिने नि:शुल्क स्वास्थ्य परिक्षणमा पहिलो दिन ११४ जनाको सेम्पल कलेक्सन गर्यो तामागढी हस्पिटलले

कोल्हवी न्युज
२०८१ माघ ३, बिहीबार १५:५३

कोल्हवी:बाराको तामागढी हस्पिटल प्रा.लिले माघी पर्वको अवसर पारेर सन्चालन गरेको नि:शुल्क स्वास्थ्य परिक्षण अन्तर्गत ३ गते बिहिवार पहिलो दिन ११४ जना महिला/पुरुष हरुको थाईराईड तथा सुगर परिक्षणका लागि हस्पिटलले सेम्पल कलेक्सन गरेको छ।

कलेक्सन गरिएको सेम्पलको माघ १२ गते रिपोर्ट आउने र सोही अनुसार अस्पतालले उपचारमा ३०% प्रतिशत छुट सहित उपचार दिने छ भने भोलि ४ गते शुक्रवार वरिष्ठ मुटुरोग बिसेशज्ञ डा.जितेन्द्र कुमार मिश्रा द्वारा निशुल्क मुटु परिक्षण गरिने अस्पताल ब्यब्स्थापनले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*