कोल्हवीको एक मात्र सपही कलेजको १२ औं बार्षिकोत्सव भब्यताका साथ सम्पन्न
कोल्हवी:बारा कोल्हवी वडा न.४मा रहेको एक मात्र सपही कलेजको १२ औं बार्षिकोत्सव कलेजको आफनै प्राङ्गणमा भब्यताका साथ सम्पन्न भएको छ।
कलेज व्यब्स्थापन समितिका अध्यक्ष ढुण्डिराज उप्रेतिको सभाध्यक्षतामा शुरु भएको बार्षिकोतसवका प्रमुख अथिती बारा क्षेत्र न.१ का माननीय अच्युत मैनालिले दिप प्रज्वलन गरि कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो।
कार्यक्रमको बिशिस्ट अतिथिहरुमा कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरी,कलेज सभा अध्यक्ष केवल प्रसाद चौधरी,संविधान सभा सदस्य विभा कार्की,कलेजका पुर्व अध्यक्ष भेष बहादुर ढकाल,कोल्हवी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पितानाथ लुईटेल,बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेति लगाएतका माहानुभावहरुको उपस्थिती रहेको थियो।
कार्यक्र्मको प्रमुख अतिथिका रुपमा बोल्दै माननीय अच्युत मैनालिले कलेजले छोटो समयमा गरेको प्रगतीमा आफू खुसी हुँदै यस कलेज नगरकोनै गौरवको बिषय भएको हुदा यसलाई थप परिमार्जन गर्दै लाने कुरामा कुनै कसर बाकी नराख्ने बताउनु भएको छ।यसै गरि बिशिस्ट अतिथी कोल्हवी नगर प्रमुख राम प्रसाद चौधरिले यश कलेज सबैको भएको र कसैले मैले गरे भन्दा पनि सबैको हो र सबैले गरेको भावना सहित मिलेर अघि बढ्न सकेमा नगरले विकासको फड्को मार्ने बताउनु भएको छ।
यसैगरी अतिथिहरुमा कोल्हवी वडा न.४ का वडा अध्यक्ष बिष्णु प्रसाद मैनाली,वडा न.३ का वडा अध्यक्ष किशुनदयाल चौधरी,तामागढी वन व्यबस्थापन समितिका अध्यक्ष रबिन्द्र पनुहर ,ई.प्र.का कोल्हविका प्रमुख किशन बस्नेत,नारायण प्रसाद अधिकारी,बुद्धिसागर गौली,रामचन्द्र साफी,जगदेव चौधरी,बोधराज सुवेदी,कपिलदेव ठाकुर,सामुदायिक विद्युत उपभोक्ता रास्ट्रिय माहासङका माहासचिव गोबिन्द पौडेल,अनुप दिपनी मा.बि ब्यब्स्थापान समितिक अध्यक्ष किशोरी चौधरी,पुरनदेव चौधरी,रेडक्रस उप शाखा सपहिकी सभापती ईन्दिरा देवकोटा उप्रेती,कलेज सभाका सदस्यहरु,प्राध्यापकहरु,टोल सुधार समितिका पदाधिकारिहरु लगाएत कोल्हवी नगर भित्रका विभिन्न संघ ,संस्थाका प्रतिनिधिहरु,जनसमुदायहरु बिध्यार्थिहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा कलेजबाट पढेर हाल विभिन्न सरकारी पेशामा आबद्ध कर्मचारीहरु अस्मिता सिग्देल,ईन्दिरा अधिकारी,अम्रेश प्रसाद चौधरी,हरेन्द्र मुखिया रामु देवकोटा,बिजय अधिकारी,सरोज चौधरी र विश्वक्रान्ती ठाकुर लाई माननिय अच्युत मैनाली र कोल्हवी नगर प्रमुख राम प्रसाद चौधरिले सन्क्युत रुपमा दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरिएको थियो।
कार्यक्रममा बार्षिकोत्सवाको अवसरमा कलेजले विभिन्न अतिरिक्त कृयाकलापमा उत्कृष्ट भएका छात्र-छात्रहरुलाई मेडल सहित प्रमाणपत्र प्रदान समेत गरेको थियो।
कार्यक्रमको स्वागत मन्तब्य सन्चालक समिती सदस्य ईन्दिरा देवकोटा उप्रेतिले गर्नुभएको थियो।