जन ज्योति विद्युत उपभोक्ता समिती कोल्हवीको २० औं बार्षिक साधारणसभा सम्पन्न

कोल्हवी न्युज
२०८१ पुष २५, बिहीबार १७:३०

कोल्हवी:बाराको कोल्हवी नगरपालिका वडा न.१ खैरामा रहेको जन ज्योति विद्युत उपभोक्ता समितिको २० औं बार्षिक साधारणसभा बिहिवार सम्पन्न भएको छ।

 

 

 

संस्थाका अध्यक्ष बोधराज सिग्देलको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथी बारा क्षेत्र न.१ का माननीय अच्युत मैनाली रहनु भएको थियो।त्यसैगरी बिशिस्ट अतिथिहरुमा सामुदायिक विद्युत उपभोक्ता रास्ट्रिय माहासङका माहासचिव गोबिन्द पौडेल ,सपही कलेज व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज उप्रेती,वडा न.१ का वडा सदस्य कृष्ण बहादुर थापा,पृथ्वीराज सिवाकोटी,कृष्ण ढकाल,अनुप दिपनी मा.वि व्यवस्थापन समितिका अध्यक्ष किशोरी चौधरी,दिपक ढुंगाना लागाएतका माहानुभावहरुको उपस्थिति रहेको थियो।

 

 

 

कार्यक्रममा संस्थाको बार्षिक प्रतिबेदन अध्यक्ष बोधराज सिग्देलले गर्नुका साथै संस्थाका सचिब ईन्द्र बहादुर श्रेष्ठले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो।सन्स्थाले आफ्नो २० औं बार्षिक साधारणसभामा२०८० सालमा उत्कृष्ट गरे बापत आराध्य क्षेत्री र अमित चौधरी लाई पुरस्कार सहित सम्मान पत्रले सम्मान गरिएको  थियो।

 

संस्थाले पुर्व अध्यक्ष झन्क कुमारी खत्री लाई सम्मान पत्रले सम्मान गर्नुका साथै हेमकर्ण शिवाकोटि लाई समेत सम्मान गरेको थियोे भने बढी बिजुली खपत गरे बापत ठगेन्द्र प्रसाद खनाल लाई प्रसंशा पत्र प्रदान गरेको थियो।

 

कार्यक्रमको स्वागत मन्तब्य पुष्पराज अधिकारिले गर्नुका साथै शुभकामना मन्तब्य समाजसेवी बद्री प्रसाद भट्ट,किशोरी चौधरी,ढुण्डिराज उप्रेती लगायतकाले राख्नु भएको थियो।

 

सन्स्थाले यस बर्ष८०/८१ मा सत्ताईस हजार छ सय बाउन्न रुपैया घाटा ब्यहोरेको छ भने यो अघिल्लो बर्षको तुलनामा निकै कम रहेको देखिन्छ ।संस्थामा उद्यमशिल मार्फत आएको २८ लाख ५० हजार रुपैयामा संस्थाले ब्यहोर्नु परेको पन्ध्र लाख सावा/ ब्याज  तिरेको छ भने सन्स्थामा ३१० जना ग्राहक रहेका छन।

 

कार्यक्रमको सन्चालन शिव पौडेलले गर्नुका साथै अध्यक्ष बोधराज सिग्देलले कार्यक्रमको समापन गर्नु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*