बाराको कोल्हवीमा चौथो कोल्हवी मेयर क्रिकेट कप-२०८१ सम्पन्न
कोल्हवी:बाराको कोल्हविमा चौथो कोल्हबी मेयर क्रिकेट कप २०८१ मंगलवार मठवा खेल मैदानमा सम्पन्न भएको छ।
ज्ञानु फाउन्डेसनको आयोजनामा रहेको चौथो कोल्हबी मेयर क्रिकेट कप २०८१ को आज भएको फाईनल खेलमा कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
विशिष्ट अतिथि कोल्हबी नगरपालिकाको नगर उपप्रमुख लक्ष्मी कुमारी चौधरी,कोल्हबी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष राजहरण चौधरी लगाएतका महानुभावहरुको उपस्थिती रहेको थियो।
त्यसैगरी अतिथिहरुमा कोल्हबी नगरपालिकाको वडा सदस्य शिवचन्द्र चौधरी,महालक्ष्मी देवी पनुहर,सुनिता राम,कोल्हबी नगरपालिका वडा न.२ का वडा सदस्य दान बहादुर श्रेष्ठ,ईलाका प्रहरी कार्यालय,कोल्हबीका सब ईन्स्पेक्टर लालबाबु यादव,सशस्त्र प्रहरी बल नेपाल बेस क्याम्प कोल्हबीका प्रतिनिधि रोहित भण्डारी, नेपाली कांग्रेसका नि.वर्तमान क्षेत्रीय १(क) का सभापति बद्री प्रसाद भट्ट,कोल्हबी नगरपालिकाका नगर प्रमुखका सल्लाहकार श्रवण मैनालि,नेकपा माओवादी केन्द्र कोलहबी नगर कमिटीका सभापति रामचन्द्र साफी,समाजसेवी तथा न्यु तनहु सुनचादीका प्रोप्राइटर एवं यस खेल आयोजनाका दित्तिय नगद राशिका दाता अमृत जि.आर, थारु कल्याणकारीनी कोल्हबी नगर सभापति रामनाथ चौधरी, जनशक्ति क्लब कोलाबीका पूर्व अध्यक्ष पारसनाथ चौधरी, श्री अनुप दिपनि माध्यमिक विद्यालय कोल्हबी शिक्षक वीरेन्द्र प्रसाद चौधरी, तामागढी हस्पिटल प्रा.लि कोल्हबीका प्रशासन प्रमुख रामकुमार उप्रेति,समाजसेवी बिरेन्द्र प्रसाद पनुहर,थारु पत्रकार महासङ्घ जिल्ला बाराका अध्यक्ष जियालाल चौधरी,कोल्हबी नगर उद्योग वाणिज्य सङ्घ कोलहबीका महासचिव शम्भुबकुमार शाह,यस खेलका प्रमुख एम्पायर पप्पु कुमार जयसवाल लगायतको उपस्थिति रहेको थियो।
उक्त फाइनल खेलमा न्यु आदर्श क्रिकेट क्लब कचौरवा र सफही युथ क्लब,कोल्हबी नगरपालिका वडा नम्बर ४-सपही बीच भएको खेलमा सपहीले टस जितेर फिल्डिङको निर्णय लिएको थियो भने सपहिले शानदार बलिङका साथ १२ ओभरमा १० बिकेट लिदै कचरालाई ७२ रनमा प्याक गर्न सफल रहेका थिए । निर्धारित २० ओभरमा ७३ रनको टार्गेट पाएको सपहिले १७.४ ओभर सबै विकेट गुमाउँदै ६० रन बनाए । यसरी कचोरवाले १२ रनका साथ चौथो कोल्हबी मेयर क्रिकेट कपको उपाधि उचालेको हो।