कृषि एक्स्पो गढीमाई–२०८१ आज देखि शुरु,करिब ५ करोड बढीको कारोबार लक्ष्य
कोल्हवी:बाराको बरियारपुर स्थित लागेको विश्व प्रसिद्ध गढीमाई मेलामा‘कृषि एक्स्पो गढीमाई–२०८१ सुरु भएको छ ।मंगलबार संघीय सरकारका वन तथा बाताबरण राज्य मन्त्री रुपा बिश्वकर्माले उद्घाटन गरे संगै कृषि एक्स्पो गढीमाई–२०८१ सुरु भएको छ ।
प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेला भर्न आउने भक्तजन र उर्वर भूमि तराईमा खेती गर्दै आएका किसानलाई प्रविधि र बजारसँग जोड्ने उद्देश्यले किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियन्ता जमघट गराउनको लागि विश्व प्रसिद्ध गढीमाई मेलामा एक्स्पो संचालन गरिएको कनेक्ट किसानकी अध्यक्ष सञ्चिता लामिछानेले बताईन ।
कृषि एक्स्पो गढीमाई २०८१ को उद्घाटन कार्यक्रमा बोल्दै संघीय सरकारको वन तथा बाताबरण राज्य मन्त्री रुपा बिश्वकर्माले कृषि एक्स्पो मेलामा संचालन हुनु किसान बासिको लागि राम्रो सन्देश रहेको बताईन ।उनले भनिन´यो एक्स्पो किसानहरु संग डाईरेक्ट कनेक्ट भएकोले यसले बारा जिल्लाका किसानको साथ साथै मेला अवलोकन गर्न आउने किसानहरुको लागि धेरै थोक जान्ने र सिक्ने अवसर समेत प्रदान गर्ने छ ।
एक्स्पोको प्रमुख आर्कषणमा कृषि सेमिनार छ, जहाँ किसानले विज्ञसँग निःशुल्क परामर्श लिनुका साथै भलाकुसारी गर्ने अवसर समेत पाउने भएकोले यो एक्स्पो किसानहरुको लागि धेरै फाईदाजनक हुने भएकोले सबैले एक पटक एक्स्पो अवलोकन गर्न किसानहरु संग मन्त्री बिश्वकर्माले आग्रह गरिन ।
कृषि एक्स्पो गढीमाई–२०८१ उद्घाटन कार्यक्रममा बोल्दै महागढीमाई नगरपालिकाको नगरप्रमुख एवं गढीमाई मेला मुल ब्यवस्थापन समितिका अध्यन उपेन्द्र प्रसाद यादवले केन्द्रको या प्रदेशको कृषि मन्त्रीहरुले आफ्नो कार्यकर्ताहरुलाई मात्र बजेट दिने गरेको आरोप समेत लगाएका छ्न।
केन्द्र र प्रदेशका कृषि मन्त्रालयले गर्न सक्ने काम एउटा संस्थाले गर्ने गरेकोले यसले नै प्रष्ट हुन्छ कि मन्त्रीहरु आफ्नो कार्यकर्ता पाल्नको लागि मात्र बजेट दिने गरेको नगरप्रमुख यादवले बताए ।केन्द्र सरकार र प्रदेश सरकारले ठोस नीति नल्याउदा आज हजारौ युवा बिदेश गईरहेको मेयर यादवले बताए ।
कनेक्ट किसानको आयोजनामा १८ देखि २४ मंसिरसम्म चल्ने एक्स्पो २ लाखभन्दा बढीले अवलोकन गर्ने र ५ करोड रुपैयाँभन्दा धेरैको आर्थिक कारोबार हुने लक्ष्य लिएको कनेक्ट किसानकि अध्यक्ष सञ्चिता लामिछानेले बताइन् ।आयोजकका अनुसार एक्स्पोमा १ सय ५० भन्दा बढी स्टलरु रहने छ भने अवलोकनकर्ताले कृषिमा भित्रिएको नवीन प्रविधिदेखि मल, बीउ, परामर्श सबै एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् ।
एक्स्पोमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैंसी पालन, डेरी लगायत कृषि विधामा नवीन औजार, उपकरण, केरा खेती, थोपा सिँचाइ,विषादी रहित कृषिबारे जानकारी प्राप्त गर्न सकिने छ ।निःशुल्क प्रवेश व्यवस्था गरिएको एक्स्पोमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत गर्ने साना औजार, मेसिनदेखि डेरी मेसिनरी,पशुपन्छीपालन,फलफूल खेती र कृषिजन्य उद्योगमा प्रयोग हुने उपकरण प्रदर्शनी गरिने आयोजकले जनाएको छ।
कृषि एक्स्पो गढीमाई २०८१ को उद्घाटन कार्यक्रममा फेटा गाउँपालिका अध्यक्ष रुस्तम अन्सारी,जीतपुरसिमरा नगर उधोग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछाने,पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा लगाएत मेला ब्यवस्थापन समितिको उपस्थिति रहेको थियो।