नेपाल दलित संघका अध्यक्ष सुनार द्वारा तिहारको शुभकामना सन्देश जारि

कोल्हवी न्युज
२०८१ कार्तिक १४, बुधबार २१:४९

काठमाडौ:दलित संघका अध्यक्ष लोक बहादुर सुनारले आज एक शुभकामना सन्देश जारि गर्दै देश तथा बिदेशमा रहनुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुमा शुभकामना ब्यक्त गर्नु भएको छ।

सुनारले आफ्नो शुभकामना सन्देशमा भन्नु भएको छ पशुपन्क्षि तथा वनस्पतिलाई समेत सम्मान स्वरुप प्रत्यक नेपालीको घर घरमा काग,कुकुर,गाई गोवर्द्वन र लक्ष्मिको पुजा गरि अन्तिममा भाईटिका लगाउने परम्परा रहेको छ।भाईटिकाले दाजुभाई र दिदिबहिनि बिचको आपसि स्नेह र प्रेमलाई थप प्रगाट बनाउन मद्दत गरे जस्तै समाज रहेको जातिय बिभेद हटाउदै आपसि सद्भाव काएम रहन पनि सहयोग रहोस् भन्दै शुभेक्क्षा प्रकट गर्नु भएको छ।

जसरि नेपाली समाजले पशुपन्क्षिलाई समेत सम्मान गर्नेमा मानब बिचको बिभेद भने काएमै रहनु दुखको कुरा भएको भन्दै आगामि दिनमा जातिय बिभेद हटेर जाओस् भन्दै शुभकामना ब्यक्त गर्नु भएको छ।लामो समय देखि नेपाली काग्रेसबाट राजनितिमा सक्रिए रहनु भएका सुनार पुराना पुस्ताका हक्कि स्वभावका काग्रेसि नेता समेत हुन।

नेपाल दलित संघ लामो समय सम्म पनि अधिबेशन हुन नसके पछि पाटि सभापति शेर बहादुर देउवाले उहालाई नेपाल दलित संघका अध्यक्षमा चएन गर्नु भएको हो।नेपाल दलित संघमा केहि समय अगाडि मात्र दुई सय चालिस देशभरिबाट केन्द्रिय सदस्य मनोनित भएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*