बाराको कोल्हवीमा शान्ति बृद्धा फाउन्डेसनको आयोजनामा बिध्यार्थिरुलाई स्कुल ब्याग बितरण

कोल्हवी न्युज
२०८१ कार्तिक १३, मंगलवार १७:४०

कोल्हवी: बाराको कोल्हवी नगरपालिका वडा न.९ मा रहेको शान्ति बृद्धा फाउण्डेसनको आयोजना तथा कोल्हवी वडा न.९ अडेम्बाका समाजसेवी जयनारायण चौधरीको सहयोगार्थ ९ न.वडामै रहेको श्री ने.रा.आ.प्रा.बि का  १२४ साना बिध्यार्थिहरु लाई स्कुल ब्याग बितरण गरिएको छ।

 

 

 

उक्त ब्याग बितरण कार्यक्रममा अतिथिका रुपमा वडा न.९ का वडा सदस्य प्रभा देबि चमैन,भुपेन्द्र चौधरी, संस्थाका सल्लाहकार हरिहर चौधरी,तामागढी हस्पिटलका संचालक बिबेक चौधरि,प्र.अ गगन देब चौधरी,रतन चौधरी लगायतका माहनुभवहरुको उपस्थिती रहेको थियो।

 

कार्यक्रममा शुभकामना मन्त्ब्य संस्थाका सल्लाहकार हरिहर चौधरिले गर्नु भएको थियो भने ब्याग बितरण विभिन्न ब्यक्तित्वहरुले गर्नु भएको थियो।सोही अवसरमा अडेम्बाका समाजसेवी जयनारायण चौधरीलाई संस्थाका अध्यक्ष,उपाध्यक्ष कोषाध्यक्ष लगायतकाले दोसल्ला ओढाउनुका साथै शान्ती बृद्धा फाउन्डेसनले सम्मान पत्रका साथ सम्मान समेत गरेको थियो।

 

 

 

संस्थाले आफ्नो स्थापना कालदेखिनै कोल्हवी नगरपालिका भित्र विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आईरहेको छ।आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्य अगाडि बढाउदै लैजाने अध्यक्ष प्रेम नारायण चौधरिले बताउनु भएको छ।

 

 

फाउन्डेसनका अध्यक्ष प्रेम नारायण चौधरिको सभापतित्वमा भएको उक्त कार्यक्रममा समाजसेवि जयनारायण चौधरिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*