एसिया कप खेलेर फर्कियो महिला टीम

कोल्हवी न्यूज
२०८१ श्रावण १०, बिहीबार १५:३२

श्रीलंकामा आयोजित महिला एसिया कप टी-२० क्रिकेट खेलेर नेपाली महिला टीम स्वदेश फर्किएको छ।

प्रतियोगितामा नेपालले तीन खेल खेल्दै एक जित र दुई हार व्यहोरेको थियो। समूह चरणबाट माथि उक्लिन नसके पनि नेपालले एसिया कपमा पहिलो जित दर्ता गर्न सफल भयो।

कप्तान इन्दु बर्माले त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै सुखद अनुभव भएको बताइन्। प्रतियोगिताबाट नेपाली टिममा सुधार गर्नुपर्ने धेरै कुराहरु महसुस भएको उनको भनाइ छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*