प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप

कोल्हवी न्यूज
२०८१ असार २७, बुधबार १६:४६

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन पार्टीका सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले उक्त निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रचण्डले असार २८ गते पाँचौं पटक विश्वासको मत लिँदै छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*