दिनहुँ पिस्ता खानुका यस्ता छन् फाइदा

कोल्हवी न्यूज
२०८१ असार २७, बुधबार ०७:४१

सु–स्वास्थ्यको कुरा आउँदा स्वास्थ्य विज्ञहरू ड्राई फ्रुट्स खाने सल्लाह दिन्छन् । किनकि यसमा पाइने पोषक तत्त्वहरूले हाम्रो समग्र स्वास्थ्यको ख्याल राख्छ । सबै खाले ड्राई फ्रुट्स स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् । तर आजको यस लेखमा हामीहरू पिस्ता सेवनले स्वास्थ्यलाई कसरी फाइदा पुर्याउन सक्छ भन्नेबारे कुरा गर्नेछौँ ।

कुरा सुरु गरौँ पिस्तामा पाइने पोषक तत्त्वहरूबाट । पिस्तामा क्यालोरी, कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, पोटासियम, फस्फोरस, भिटामिन बी६, थायमिन, कपर, म्याङ्गनीज पाइन्छ । पिस्ता प्रचुर मात्रमा भिटामिन बी ६ पाइने ड्राई फ्रुट्समा पर्दछ ।

२८ ग्राम पिस्तामा पाइन्छ निम्न मात्रामा पोषक तत्त्व

  • क्यालोरी: १५९
  • कार्बाेहाइड्रेटः ८ ग्राम
  • फाइबरः ३ ग्राम
  • प्रोटिनः ६ ग्राम
  • बोसोः १३ ग्राम
  • पोटासियमः डीभीको ६ प्रतिशत
  • फस्फोरसः डीभीको ११ प्रतिशत
  • भिटामिन बी६ः डीभीको २८ प्रतिशत
  • थायामिनः डीभीको २१ प्रतिशत
  • तामाः डीभीको ४१ प्रतिशत
  • म्याङ्गनीजः डीभीको १५ प्रतिशत

अब कुरा गरौँ पिस्ता सेवनका फाइदाबारे

  • पिस्ता खाँदा अनुहारमा समय अगावै देखिने चाउरीको असर कम हुन्छ । यसले छालालाई कसिलो राख्छ । क्षतिग्रस्त छाला कोशिकाहरू मर्मत गर्न पनि मद्दत गर्दछ ।
  • शरीरमा प्रोटिनको कमी भएका व्यक्तिले यो ड्राई फ्रुट खानुपर्छ । यसले प्रोटिनको कमीलाई हटाउन मद्दत गर्दछ ।
  • पिस्तामा प्रोटिन र फाइबरको मात्रा धेरै हुने भएकाले यसले पेट लामो समयसम्म अघाएको महसुस गराउँछ । जसले गर्दा धेरै खानेकुरा खानबाट बचिन्छ । यसले तौल घटाउन मद्दत गर्छ ।
  • थोरै मात्र पिस्ता खाँदा पनि पाचन प्रक्रिया स्वस्थ रहन्छ र स्वास्थ्यमा सुधार ल्याउन मद्दत मिल्छ । यसले कोलेस्ट्रोल स्तर सुधार्न पनि मद्दत गर्दछ । मुटुका बिरामीलाई यसको सेवन गर्न सल्लाह दिइन्छ ।
  • पिस्ताले आँखाको ज्योति पनि बलियो बनाउँछ भनेर अध्ययनले देखाएका छन् । आँखाको दृष्टि कमजोर भएका मानिसहरू यसलाई आफ्नो आहारमा समावेश गर्नुपर्छ ।एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*