वर्षात्‌मा पानीपुरी खानुहुन्छ भने हुनुहोस् सतर्क

कोल्हवी न्यूज
२०८१ असार २५, सोमबार १६:१४

पानी पुरीलाई बाटोमा पाइने सबैभन्दा स्वादिष्ट खानेकुरा मानिन्छ । पानीपुरीको नाम सुन्ने बित्तिकै धेरैको मुखमा पानी आउँछ । तर, वर्षात्‌को समयमा पानीपुरी खानु स्वास्थ्यका लागि नोक्सानदायक हुन सक्छ ।

यसको सेवनले पखाला लाग्ने जस्तो समस्या हुन सक्छ । विस्तारमा जानौं–

वर्षात्‌मा पानीपुरी खाँदा पखालाको खतरा बढ्छ । पखालाले शरीरमा कमजोरी ल्याउन सक्छ ।

वर्षातको समयमा पानीपुरी खानु पेटका लागि पनि नोक्सानदायक हुन्छ । यसले कब्जियत तथा ग्यासको समस्या पनि हुन सक्छ । यसले पाचनप्रणाली खराब गराउँछ ।

पानीपुरी खाँदा आन्द्रा सुन्निनुका साथै पेटमा दुखाई महसुस हुन सक्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि कम गराइदिन्छ । जसले गर्दा वर्षात्‌को समयमा पानीपुरी खानु स्वास्थ्यका लागि घातक सावित हुन्छ ।

पानीपुरी खाँदा भोक कम लाग्न सक्छ । जसले गर्दा तपाईं अन्य स्वस्थकर खानपान धेरै गर्नुहुन्न र शरीरमा पोषक तत्वको कमी हुन थाल्छ । यसले मौसमी रोगबाट जोगिन गाह्रो हुन्छ ।

त्यसैले पानीपुरी लगायत बाटोमा पाइने खानेकुरा विशेषगरी वर्षात्‌‌को समयमा नखानु नै उपयुक्त हुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*