शेयर बजार २४ अङ्कभन्दा धेरैले घट्याे

कोल्हवी न्यूज
२०८१ बैशाख २३, आईतवार १६:३८

 हप्ताको पहिलो कारोबार दिन आज शेयर बजार उच्च अङ्कले घटेको छ । आज शेयर बजार परिसूचक नेप्से २४ दशमलव ५८ अङ्कले घटेर एक हजार नौ सय ७४ दशमलव ३७ विन्दुमा झरेको छ ।

आज लघुवित्त र निर्जीवन बीमा बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, उत्पादन समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

बजार दाेहाेराे अङ्कले ओरालाे लागेकाे दिन सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन दाेल्ती पावर कम्पनीको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

आज ९७ लाख ९८ हजार कित्ता शेयर तीन अर्ब ७९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल फाइनान्सको १२ करोड ६४ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*