शेयर बजारको ओरालो यात्रा रोकिएन, आज साढे १९ अङ्कले घट्यो

कोल्हवी न्यूज
२०८१ बैशाख ६, बिहीबार १७:२२

 शेयर बजार आज पनि दोहोरो अङ्कले घटेको छ । पछिल्ला पाँच वटा कारोबार दिनदेखि शेयर बजार ओरालो लागिरहेको छ । नेप्से आज १९ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७२ दशमलव १४ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै रुरु जलविद्युत् कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज सबैभन्दा धेरै खानीखोला हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै आठ प्रतिशतले बढेको छ ।

आज ५३ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब नौ करोड ३६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै गुर्खाज फाइनान्सको १७ करोड ८२ लाख रुपैयाँको शेयर खरिदविक्री भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*