कोल्हवीका संस्थापक ब्यब्सायी भैरो साहको ९६ बर्षको उमेरमा निधन

कोल्हवी न्युज
२०८० पुष १८, बुधबार १६:३७

कोल्हवी:बारा कोल्हवी न.पा वडा न.१ का संस्थापक ब्यब्सायी भैरो साहको ९६ बर्षको उमेरमा आज बिहान ४ बजे आफ्नै निवासमा स्वर्गारोहण भएको छ।

कोल्हविमा तामागढिको बाटो खुलेपछी भैरो साहले यस भेगका किसानहरुले उब्जाउ गरेको अन्नवाली खरिद गरि बेच्ने गर्नु हुन्थ्यो।क्रमिक रुपमा बजार बिस्तार हुँदै जादा ठुलै गल्ला भण्डार सन्चालन गरि यस भेगका समग्र किसान्हरु लाई सहज बनाएका कोल्हविका पुराना जानकारहरुको भनाई रहेको छ।

भैरो साहका तिन छोरा र दुई छोरी रहेका छन।आजै रौतहटको बागमति खोलामा साहको पार्थिब शरीरलाई श्रद्दान्जली दिन कोल्हवी नगरपालिकाका मेयर राम प्रसाद चौधरी,जितपुर-सिमरा उपमहानगरपालिकका मेयर राजन पौडेल,जित्पुर सिमारा नगर उद्ध्योग बाणिज्य संघ एवम मधेस प्रदेस पर्यटन अभियन्ता मोहन शर्मा लामिछाने,कोल्हवी नगर उध्योग बाणिज्य संघका अध्यक्ष लक्ष्मी साह कलवार,निजगढ न.पा का पुर्व मेयर सुरेश प्रसाद खनाल,समाज्सेवी ढुण्डिराज उप्रेती,सपही क्याम्पस सभाका अध्यक्ष केवल प्रसाद चौधरी लगायएत कोल्हविका ब्यब्सायिहरुको उपस्थित रहेको थियो।

हाल भैरो साहक एक छोरा कोल्हविमै ब्यब्सायी सन्चालन गरि बसेका छन भने अर्का छोरा जितपुर-सिमरा उपमाहानगर्पालिकामा ब्यब्साय सन्चालन गरिरहेका छन भने एक छोरा डाक्टरी पेशामा आबद्द रहेका छन।उहाको दागबत्ती जेठो छोरा अजय कुमार साहले दिनु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*