असोजका लागि औसत ब्याजदर घट्यो

कोल्हवी न्यूज
२०८० आश्विन १, सोमबार ०५:५६

बैंकहरूमा अधिक तरलता भएसँगै र कर्जा प्रवाह हुन नसकेपछि वाणिज्य बैंकले असोजका लागि ब्याजदर घटाएका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार असोजमा औसतमा बैंकको ब्याजदर घटेको देखिएको हो । बैंकले प्रकाशित गरेको विवरणअनुसार असोजमा ब्याजदर ०.०६१ प्रतिशत बिन्दुले घटेको छ ।

४ बैंकले स्थिर राख्दा ८ ले बढाए, ८ ले घटाए

नेपाल बैंकर्स संघले बैंक आफैंले ब्याजदर तोक्न सक्नेगरी निर्णय गरेसँगै बैंकको ब्याजदर फरकफरक भएको छ भने असोजका लागि आठ बैंकले ब्याजदर बढाएका छन् भने आठ बैंकले घटाएका छन् । बाँकी चार बैंकले भने ब्याजदर यथावत् राखेका छन् ।

ब्याजदर घटाउने बैंकमा ग्लोबल आईएमई, लक्ष्मी सनराइज, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैैंक, कृषि विकास बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् ।

ब्याजदर बढाउने बैंकमा हिमालयन बैंक, एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्राइम बैंक, नबिल बैंक, स्टयान्डर्ड चार्टड बैंक, एनआईसी एसिया बैंक र नेपाल एसबीआई बैंक छन् । असोजका लागि ब्याजदर स्थिर राख्नेमा प्रभु बैंक, एनएमबी बैंक, माछापुछ«े बैंक र सिद्धार्थ बैंक रहेका छन् ।

गत महिनामा अर्थात भदौमा व्यक्तिगत मुद्दती निक्षेपको औसत ब्याजदर १० दशमलव ३२५ प्रतिशत रहेकोमा असोजका लागि अधिकतम ब्याजदर १० दशमलव २६४ प्रतिशतमा झरेको छ ।

यद्यपि, आठवटा बैंकले भने अधिक तरलताका बाबजुद पनि ब्याजदर बढाएका छन् । यद्यपि, औसतमा ब्याजदर घटेको छ । केही बैंकले ब्याजदर बढाउँदैमा ब्याजदर बढ्यो भन्न मिल्दैन । नेपाल बैंकर्स संघले लामो सयमदेखि गर्दै आएको कार्टेलिङलाई साउनदेखि खारेज गरी निक्षेपको ब्याजदर तोक्ने जिम्मा सम्बन्धित बैंकलाई दिएको थियो ।

खुला प्रतिस्पर्धात्मक प्रणालीबाट असोजका लागि नयाँ ब्याजदर तोकेका बैंकले मुद्दती निक्षेप (एफडी)मा अधिकतम ११ दशमलव ३६ प्रतिशतसम्म ब्याजदर कायम गरेका छन् । प्राइम कमर्सियल बैंकले असोजका लागि ११ दशमलव ३६ प्रतिशत कायम गरेको हो । यो भदौ महिनाको तुलनामा ४ दशमलव २२ प्रतिशतको वृद्धि हो ।

यस्तै, तीनवटा बैंक एभरेस्ट, हिमालयन र नेपाल इन्भेस्टमेन्ट बैंकले समान ११ दशमलव शून्य ५ प्रतिशत ब्याजदर तोकेका छन् । ग्लोबल आईएमई बैंक, कुमारी बैंक, सिटिजन्स बैंक, कृषि विकास बैंक र लक्ष्मी सनराइज बैंक भने भदौको भन्दा केही ब्याजदर घटाएर १० दशमलव ५० प्रतिशतसम्म तोकेका छन् । भदौका लागि यी बैंकले १० प्रतिशतदेखि १० दशमलव ९० प्रतिशतसम्म ब्याजदर तोकेका थिए ।

भदौका लागि ९ दशमलव ९९ प्रतिशत ब्याजदर तोकेको नेपाल एसबीआई बैंकले असोजका लागि १० प्रतिशत ब्याजदर तोेकेको छ भने एनएमबी बैंक, माछापुच्छ«े बैंक र सिद्धार्थ बैंकले भदौ महिनाकै निरन्तरता ९ दशमलव ९९ प्रतिशत नै ब्याजदर तोकेका छन् ।

ब्याजदर घटाउनेमा सानिमा बैंकले असोजका लागि ९ दशमलव ९५ प्रतिशत कायम गरेको छ । यसअभि उसले १० दशमलव ८९ प्रतिशत ब्याज दिएको थियो । राष्ट्रिय वाणिज्य बैंकले ९ दशमलव ५० प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९ दशमलव २९ प्रतिशत र नेपाल बैंकले ९ दशमलव २५ प्रतिशतले ब्याजदर तोेकेका छन् । यसअघि क्रमशः ९ दशमलव ९९ प्रतिशत, ८ दशमलव ९२ प्रतिशत र १० दशमलव ९० प्रतिशत ब्याजदर तोकेका थिए ।

हिमालयन बैंकको ब्याजदर भदौको तुलनामा असोजमा १ दशकलव शून्य ६ प्रतिशतले बढेर ११ दशमलव शून्य ५ प्रतिशत पुगेको छ । व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा धेरै ब्याजदर प्राइम कमर्सियल बैंकले बढाएको छ । सो बैंकले ११ दशमलव ३६ प्रतिशत ब्याजदर कायम गरेको हो ।

मुद्दती निक्षेपमा ब्याजदर बढाएका बैैंकबाट प्रवाह कर्जाको ब्याजदर पनि महँगो हुने भएको छ । निक्षेपमा ब्याजदर बढाएकामा थप तरलता बढ्ने भएको छ । नयाँ ब्याजदरअनुसार सिद्धार्थ बैंकले साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको छ ।

हिमालयन बैंकले साधारण बचत खातामा न्यूनतम ६ दशमलव शून्य ५ प्रतिशतदेखि अधिकतम ८ दशमलव शून्य ५ प्रतिशशत ब्याजदर तोकेको छ । कुमारी बैंकले साधारण बचत खातामा न्यूनतम ६ दशमलव शून्य ५ प्रतिशतदेखि अधिकतम ८ दशमलव शून्य ५ प्रतिशत ब्याजदर तोकेको छ ।

प्राइम कमर्सियल बैंकले साधारण बचत खातामा ब्याजदर न्यूनतम ६ दशमलव ३५ प्रतिशतदेखि अधिकतम ८ दशमलव ३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ

प्रभु बैंकले भने साधारण निक्षेपतर्फ न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको छ । नबिल बैंकले साधारण बचत खातामा न्यूनतम ६ दशमलव शून्य ५ देखि अधिकतम ७ दशमलव शून्य ५ प्रतिशत ब्याजदर कायम गरेको छ । उता ग्लोबल आईएमई बैंकले साधारण बचत खातामा न्यूनतम ५ दशमलव ५० देखि अधिकतम ७ दशमलव ५० प्रतिशत ब्याजदर तोकेको छ ।

एनएमबी बैंकले साधारण बचत खातामा न्यूनतम ५ देखि अधिकतम ७ प्रतिशत ब्याजदर कायम गरेको छ । स्टान्डर्ड चाटर्ड बैंकले भने साधारण बचत खातामा न्यूनतम ४ दशमलव ९७ प्रतिशतदेखि अधिकतम ६ दशमलव ५४ प्रतिशत ब्याजदर तोकेको छ ।

हालै मर्ज भएको लक्ष्मी सनराइज बैंकले साधारण निक्षेपमा न्यूनतम ५ दशमलव ४० प्रतिशतदेखि अधिकतम ७ दशमलव ४० प्रतिशत ब्याजदर तोकेको छ । सानिमा बैंकले भने असोजका लागि साधारण निक्षेपको ब्याजदर न्यूनतम ४ दशमलव ९५ प्रतिशतदेखि अधिकतम ७ दशमलव ९५ प्रतिशत कायम गरेको छ ।

माछापुच्छ«े बैंकले साधारण निक्षेपमा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर कायम गरेको छ । राष्ट्रिय वाणिज्य बैंकले साधारण निक्षेपमा न्यूनतम ४ दशमलव ५० प्रतिशतदेखि अधिकतम ६ दशमलव ९५ प्रतिशत ब्याजदर तोकेको छ । एभरेस्ट बैंकले साधारण निक्षेपमा न्यूनतम ६ दशमलव शून्य ५ प्रतिशतदेखि अधिकतम ६ दशमलव ७५ प्रतिशत ब्याजदर तोकेको छ ।

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले साधारण बचत खातामा न्यूनतम ५ दशमलव २५ देखि अधिकतम ७ दशमलव २५ प्रतिशत कायम गरेको छ । नेपाल बैंकले निक्षेपमा न्यूनतम ४ दशमलव ९५ प्रतिशतदेखि अधिकतम ६ दशमलव ९५ प्रतिशत ब्याजदर तोकेको छ । कृषि विकास बैंकले साधारण निक्षेपमा न्यूनतम ५ दशमलव ५१ प्रतिशतदेखि अधिकतम ७ दशमलव शून्य १ प्रतिशत ब्याजदर कायम गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*