देशको भ्रष्टाचार अन्त गर्न आईटी आर्मीको जन्म, जिल्ला अध्यक्षमा मेहता निर्वाचित

सञ्जय मिश्रा- रौतहट
२०८० भाद्र ३१, आईतवार १९:५७

रौतहट:प्रभु साह नेतृत्वको आमजनता पार्टी निकट आईटी आर्मी रौतहटको जिल्ला अध्यक्षमा जयलाल मेहता निर्वाचन भएका छन। आईतबार जिल्लाको कटहरिया बजार स्थित बिवाह भवनमा सम्पन्न आईटी आर्मीको दोस्रो जिल्ला भेलाले सर्वसहमतिमा मेहताको अध्यक्षतामा १०५ सदस्सिय जिल्ला कमिटी गठन गरेको हो।

नवगठित कमिटीको उाध्यक्षमा रबिन्द्र यादव, धर्मेन्द्र साह कानु र जयनाराण कुशवाहा सहित तीनजना लाई लाई चयन गरेको छ। त्यसैगरी सचिवमा अशोक कुमार पटेल, सहसचिवमा नवीन चौधरी, उपेन्द्र जायसवाल, कोषाध्यक्षमा रेबिका नेपाली र सदस्यहरुमा अमिन्द्र यादव, लालबाबु यादव, लक्ष्मन यादव चयन भएको सहभागी आईटी आर्मीका प्रदेश अध्यक्ष नरेश साहले बताएका छन। आमजनता पार्टीका केन्द्रिय महासचिव उपेन्द्र साहको प्रमुख आतिथ्यमा सम्पन्न आर्मीको दोस्रो जिल्ला भेलामा पार्टी उपमहासचिव कुन्दन कुशवाहा, केन्द्रिय सचिव पूर्व सांसद समिना हुसैन, स्थायी समिति सदस्य सियाराम कुशवाहा, जिल्ला इन्चार्ज त्रिभुवन साह, प्रदेश अध्यक्ष उमेश कुशवाहा, नेता अन्जित कुशवाहा लगायतका नेताहरुले देशमा बढ्दो भ्रष्टाचारको अन्त र बेथिति निर्मूल पार्न पार्टीको भात्री संगठनको रुपमा आईटी आर्मीको जन्म भएको बताएका थिए।

बर्तमान संविधानको कमीकमजोरीकै कारण देश चरम आर्थिक अभावमा गुज्री रहेको कार्यक्रमका वक्ताहरुले बताएका थिए। वर्तमान संविधानको कमजोरीका गलत फाईदा उठाएर अहिले देशमा ठूला दलका सबै नेताहरु छोटे राजाको रूपमा जनताको शोषण गरिरहेको कार्यक्रमका वक्ताहरुको दाबी रहेको थीयो।

उक्त अवसरमा रामाज्ञा यादव,बचालाल यादव, ठागा दास, सञ्जय महतो, दुखा रौनियार, लगायत रौतहटका दर्जनौं नेता कार्यकर्ताको सहभागिता रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*