एन्जाइटी, डिप्रेसनजस्ता समस्यामा उपयोगी शिरोधारा, कसरी हुन्छ उपचार ?

कोल्हवी न्यूज
२०८० भाद्र ३१, आईतवार १२:०३

पछिल्लो समय तनावका कारण विभिन्न स्वास्थ्य समस्या निम्तने गरेको पाइन्छ । तनावका कारण विशेष गरी एन्जाइटी तथा डिप्रेसनको समस्या अधिंकाशमा देखिन थालको छ । आयुर्वेद तथा योग विज्ञानलाई हेर्न हो भने तनाव कम गर्न तथा मानसिक रुपमा शान्त बन्न शिरोधारा यसको मुल मन्त्र हो । आयुर्वेदको पञ्चकर्म अन्तर्गको शिरोधारा तनाव कम गर्न, अनिन्द्र लगायतका समस्याका लागि उपयोगी मानिन्छ ।

शिरोधारा एउटा स्थापित आयुर्वेदिक पद्धति हो । यसमा ब्राह्मी, शंखपुस्पी, जटामांसी, यस्टीमधु जस्ता औषधियुक्त तेल वा अन्य औषधियुक्त झोललाई निरन्तर धाराका रुपमा निश्चित समयसम्म निधारमा प्रवाह गरिन्छ । विशेष गरेर मनतातो औषधियुक्त तिलको तेल, तथा दूध, मोही आदि विभिन्न अवस्था अनुसार यसमा प्रयोग गरिन्छ ।

शिरोधारा गर्नुपूर्व १५ मिनेट अगाटी टाउकोलाई तेलले मसाज गर्ने गरिन्छ । त्यस पछि उतm व्यतिmलाई आरामपूर्वक विशेष किसिमको धारा टेबलमा सुताइन्छ । विभिन्न धातुको वा माटोको धारापात्र शिरभन्दा केही माथि निधारमा धारा पर्ने गरी झुन्डाएर राखिन्छ । व्यक्तिको आँखामा तेल नपरोस् भनेर आँखालाई भने कपडा वा कपासले ढाकिन्छ । त्यस पछि मनतातो औषधियुक्त तेल वा अन्य औषधियुक्त झोल तयार गरिन्छ र धारापात्रमा राखेर पात्रको टुप्पामा रहेको कपडाको टुक्रा हँुदै शिरमाथि चुहाइन्छ । यो क्रममा तेलको तापक्रम एकनासको हुनुपर्छ र ऋतुअनुसार जाडोमा अलिकति बढी तातो र गर्मीमा अलिकति कम तातो राख्नु पर्छ ।

शिरोधारका फाइदाहरु

– तनाव कम गर्न उपयोगी
– डर, चिन्ता कम गर्न उपयोगी
– स्मरण शक्ति बढाउन उपयोगी
– मानसिक समस्या समाधानमा प्रभावकारी
– डिप्रेसन घटाउन उपयोगी
– टाउको दुखाइ कम गर्न उपयोगी
– अनिद्राको समस्या हटाउन उपयोगी
– पिनासको समस्या कम गर्न उपयोगी
– अल्छीपन हटाउन साथै शरीरमा ताजगी बढाउन उपयोगी

वर्षभरि जुनसुकै मौसममा पनि शिरोधारा गर्न सकिन्छ । एक पटकमा शिरोधारा कति बेर दिने र कस्तो खालको तेल प्रयोग गर्ने भन्ने कुरा व्यक्तिको प्रकृतिमा र समस्याको प्रकृतिमा निर्भर हुने गर्दछ । तर सामान्यतः शिरोधारा ३० मिनेट दिईने गरिन्छ ।न्युज२४ बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*