आज बाट बारा कोल्हवीमा नकाउट फुटबल प्रतियोगिताको शुरु

कोल्हवी न्युज
२०८० भाद्र २५, सोमबार २१:०८

कोल्हवी:बाराको कोल्हबी नगरपालिका वडा नम्बर ३ मा रहेको श्री गोपाल प्रगतिशील क्लब जुअवा जटहाद्वारा संचालित खुला नक्आउट फुटबल प्रतियोगिता२०८० को समुदघाटन सोमबार एक कार्यक्रमको बिच कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले गर्नु भएको छ !

प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख चौधरीले आऊदो दिनमा कोल्हबिलाई खेलाडीले चिन्ने बनाउने त्यो अनुसारको खेलाडी उत्पादन गर्ने वतावरण सृजना गर्ने बताउनु भयो!

कार्यक्रमको बिशिष्ट अतिथि कोल्हबी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरी, वडा नम्बर१ का वडा अध्यक्ष राजहरण चौधरी , वडा नम्बर ३ का वडा अध्क्षय किशुनदयाल चौधरी ४ अध्यक्ष बिष्णु मैनाली वडा नम्बर ६ का वडा अध्यक्ष दिनेश चौधरी , थाकस बाराको सभापति राम प्रसाद चौधरी अतिथिहरू, तमागढ़ी साझेदारी वनका अध्यक्ष रबिन्द्र पनुहार,ईलाका प्रहरी कोल्हविको प्रमुख भोलामान सिंह ,पूर्व नगर उप-प्रमुख सुनैना देवी थरुनी,शान्ति वृद्ध फाउन्डेसन कोल्हबिका अध्यक्ष प्रेमनारायण चौधरी,ने.रा आधारभूत बिधालय जुअवाका प्र.अ नरेन्द्र चौधरी,अटूट बचत तथा ऋण सहकारी सपहीका अध्यक्ष बिशुनदयाल चौधरी सन्ध्या राय ,पुनम चौधरी लगाएतको उपस्थिति रहेको थियो! अटुट बचत तथा ऋण सहकारी सस्था कोल्हबि ४ सपहिका अध्यक्ष बिशुनदयाल चौधरी,श्याम लामा ,थाकसका सभपति रामप्रसाद चौधरी पुर्व उप मेयर सुनैना चौधरी ,उप मेयर लक्ष्मी कुमारी चौधरीले शुभकामना मन्तव्य राख्नु भएको थियो।

यस प्रतियोगिता संचालनमा शान्ती वृद्ध फाउन्डेसन कोल्हबिको अहम भुमिका रहेको र खेलको मिडिया पार्टनर रेडियो पातालगङा १०६.१ मेगाहर्ज कोल्हबि,रेडियो कोल्हबि १०४.१ मेगाहर्ज कोल्हबि न्युज ड.कम,मेडिकल पार्टनर तामगढि हस्पिटल प्रा.लि कोल्हबि रहेका छन। क्ल्बका अध्क्षय जय मंगल चौधरीको सभापतित्वमा सम्पन कार्यक्रममा स्वागत मनतब्य वडा नम्बर ३ का वडा सदस्य राम दयाल चौधरी गर्नु भएको थियो भने सञ्चालन मुनिकांत चौधरीको रहेको थियो!

आजको उद्घाटन खेलमा निजगढ़ क्लबले टाँगीआ बस्तिलाई ० को बिरुद्ध २ गोलले बिजय भएको छ! भोली मंगलबारको दिन पहिलो खेल चोचामैडारौतहट र अमाव, दोस्रो चरनको खेल लालिगुरास क्लब-निजगढ़ र एल.एम.डि लकब को बिच प्रतिस्पर्धा हुने छ ! बिजेता क्लबले तिस हजार र उप-बिजेता क्लबले बिस हजार शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*