मधेश प्रदेशको वन तथा वातावरण मन्त्रीमा रमेश कुर्मी नियुक्त

कोल्हवी न्यूज
२०८० जेष्ठ १२, शुक्रबार ०७:३४

मधेश प्रदेश सरकारमा अन्ततस् लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) पनि सहभागी भएको छ । प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मी वन तथा वातावरणमन्त्री नियुक्त भएसँगै लोसपा पनि मधेश सरकारमा सहभागी भएको हो ।

पर्सा निर्वाचन क्षेत्र नम्बर २ (ख) मा लोसपाबाट दोस्रो कार्यकालका लागि निर्वाचित प्रदेशसभा सदस्य कुर्मीलाई मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशको वन तथा वातावरण नियक्त गरेका छन् । एक सातामा दोस्रो पटक मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री यादवले कुर्मीलाई वनमन्त्री नियुक्त गरेका छन् ।

यसअघि वन मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री सरोजकुमार यादव आफैले सम्भाल्दै आएका थिए । नवनियुक्त मन्त्री कुर्मीको सपथ ग्रहण कार्यक्रम आजै साँझ ५ बजे राखिएको उनका स्वकीय सचिव फिरोज शेखले जानकारी दिए ।

लोसपाले दुई वटा मन्त्रालय पाउनुपर्ने अडान राख्दै आएको थियो । तर तत्काल एउटा मन्त्रालय दिने सहमतीअनुसार कुर्मीलाई सरकारमा पठाउने निर्णय गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*