अध्यक्ष साहद्वारा गाउँपालिका कार्यालय भवनको शिलान्यास, प्रति महीना तिर्दै आएको ४५ हजारको भार कम हुने

नूर आलम बादशाह,बारा
२०७९ माघ ४, बुधबार २०:२०

कोल्हवी:बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष जवाहर प्रसाद साहद्वारा पालिका कार्यालय भवनको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ। आगामी ६ महीना भित्र निर्माण संपन्न गर्ने गरी उक्त पालिका कार्यालय भवनको शिलान्यास बुधबार सम्पन्न गरिएको छ। आदर्श कोतवाल वडा नम्बर १ चिउटहामा अत्याधुनिक सुबिधा सम्पन्न, अपांग मैत्री रहने सो भवनको गाउँपालिका अध्यक्ष साहले एक कार्यक्रमका बिच शिलान्यास गर्नुभएको छ।      भवनको शिलान्यास गर्दै अध्यक्ष साहले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गरेर भवन हस्तान्तरण गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष साहले पालिका कार्यालय भवन निर्माणमा गुणस्तरीयता कायम गर्न स्थानीयको सहयोग आवश्यक भएको बताउँदै निर्माणको रेखदेख र अनुगमनका लागि सबैलाई आग्रह गर्नुभयो ।
कुनै पनि विकास निर्माणको सवालमा गाउँपालिका एक्लैले मात्र सम्भव नभएकोले जनताको पूर्ण सहभागिता जरुरी भएको गाउँपालिका अध्यक्ष साहले बताउनुभयो ।
यसअघि गाउँपालिकाले प्रति महीना ४५ हजार तिरि घर भाड़ामा लिएर कार्यालय सञ्चालन गर्दै आएको छ। पालिका भवनको निर्माण सम्पन्न भइसकेपछि पालिकाले तिर्दै आएको मासिक भार कम हुने बताइएको छ।
उक्त भवन निर्माणका लागि पालिकाबाट रु ८० लाख बजेट बिनियोजन गरिएको छ ।
कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष सुनील प्रसाद कुशवाहा, वडा नम्बर ८ का हरिनारायण कुशवाहा, वडा नम्बर ४ का वडा अध्यक्ष शेख जवाहिर, युवा नेता गुड्डू यादव, रेख नारायण साह, पप्पू कुशवाहा, दिनेश पटेल, बिधालय ब्यवस्थापन समिति अध्यक्ष मोना पटेल लगायतको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*