१० वर्षभित्र मकवानपुरगढीलाई नगरपालिकाको तहमा पु¥याउँछौंः बिदुर हुमागाईं

कोल्हवी न्यूज
२०७९ बैशाख २७, मंगलवार १९:४७

हेटौंडा/मकवानपुरगढीमा नेकपा एमालेबाट अध्यक्ष पदका उम्मेदवार बिदुर हुमागाईंले १० वर्षभित्र गाउँपालिकालाई नगरपालिकाको तहमा पुर्याउन गरी योजना तयार भएको बताएका छन् ।

उनले २०७४ सालमै निर्वाचन जितेपछि नगरपालिका उन्मुख गाउँपालिकाको रुपमा काम गर्दै आएको भन्दै अबको १० वर्षभित्र नगरपालिकाको तहमा गाउँलाई पु¥याउने जनता समक्ष प्रतिबद्धता जाहेर गरेका छन् ।

मंगलबार मकवानपुरगढी–६ डुम्रेकुनामा पालिकास्तरीय आमसभालाई सम्बोधन गर्दै अध्यक्ष पदका उम्मेदवार हुमागाईंले अबको पाँच वर्ष नगरपालिका तहमा पु¥याउने तरी आधार तय गरिने जानकारी दिए । गाउँका अधिकांश कच्ची सडकलाई पक्की र सामरी खोलामा साना ठूला गरी एक दर्जन पुल निर्माण गरिसकेको उनले बताए । कृषि क्षेत्रमा भएको उल्लेख्य उपलब्धीलाई देशकै नमूना गाउँपालिकाको रुपमा लिन सकिने उनले बताए ।

आगामी पाँच वर्ष एमालेले निर्वाचन जिते ५ सयदेखि ७ सयसम्मलाई रोजगार दिइने उनले प्रतिबद्धता जाहेर गरेका छन् । १० वटा उद्योग गाउँमै भित्र्याइने उनले घोषणा गरे । यसअघिको कार्यकालमा हुमागाईंले गाउँमै पशु दाना उद्योग, बेकरी र साबुन उद्योग स्थापना गर्न सफल भएका थिए । जागिरका लागि जागिर हैन, उपलब्धीका लागि जागिर दिइने उनले जनाए ।

मकवानपुरगढीमा पर्यटन क्षेत्रको डीपीआर बनाएर निर्माण कार्य अगाडि बढाएको उनको भनाई छ । कृषि र पर्यटनबाट आर्थिक समृद्धिको योजना रहेको हुमागाईले बताए । साना र ठूला गरी एक दर्जन खानेपानी आयोजना निर्माण भएको उनले जानकारी दिएका छन् । ‘एक दर्जन साना–ठूरा खानेपानी आयोजना छन् । जसमध्ये केही निर्माण सम्पन्न भइसकेका छन् भने केही निर्माणकै चरणमा छन् ।,’ उनले भने । हुमागाईंले एक घर, एक धारा दिन तयारी भएर बसेको जानकारी दिए ।

शिक्षाको गुणस्तर बढाउन अंग्रेजी माध्यमबाट पढाई गरिएको उनले बताए । मुलुकमै पहिलो पटक सहकारीमार्फत कृषिकहरुलाई अनुदान दिएको उनी बताउँछन् । साना कृषकलाई ऋण दिएर आयआर्जनमा जोड दिएको बताए ।

पाँच वर्षअघिको प्रतिबद्धता अनुसार काम गरिरहेको हुमागाईं बताउँछन् । अधुरा कामलाई पूरा गर्ने र नयाँ योजना कार्यान्वयन गर्दै समृद्धि गाउँपालिका निर्माण गरिने प्रतिबद्धता जनाए । प्रतिबद्धता पत्रमा उल्लेख भएका विषय ८० प्रतिशत कार्यान्वयन गरिने उनले जनाए ।

सामरी खोलामा वर्षेनी ३ देखि ५ जनाले ज्याउन गुमाउनु परेकोमा अब खोलासँगै कोही बग्नु नपर्ने हुमागाईंले बताए । मकवानपुरगढीको सामरी खोलामा मात्रै साना–ठूला गरी एक दर्जन पुल निर्माण भएका छन् । एमालेले घोषणा गरेका कुरालाई पूरा गरेरै छाड्ने हुमागाईंको दावी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*