नेकपा एमाले कोल्हवी नगरपालिकाको बृहत् घरदैलो कार्यक्रम आज सम्पन्न
कोल्हवी:२०७९ को निर्वाचनको लागि वैशाख १७ गते बाट सुरु भएको नेकपा एमालेको चुनावी घरदैलो आज अन्तिम दिन कोल्हवी मा कोण सभा गरेर समापन भएको छ।
सभामा प्रमुख अथितिको रुपमा केन्द्रीय कमिटीको पोलिटव्युरो सदस्य अच्चुत मैनाली , अतिथीहरुमा मधेस प्रदेश सदस्य तथा बारा क्षेत्र नं १ `क´ का सासंद त्रिलोकि चौधरी , मधेश प्रदेश कमिटिका सदस्य कल्याणी चौधरी , दुण्डीराज उप्रेती , ज्ञानु केसी, कोल्हवी नगरपालिका का मेयर पदका उम्मेदवार भरत बहादुर भण्डारी , उपमेयर पदका उम्मेदवार सुनैना देवी थरुनी , नेकपा एमाले नगर कमिटीका अध्यक्ष पुरनदेव चौधरी लगायत हजारौं कार्यकर्ताहरु उपस्थित हुनु भएको थियो।
मन्तव्यको क्रममा मेयरपदका उम्मेदवारले आफुले पाचँ बर्षे कार्यकालमा धैरै बिकाश गरेको भन्दै पुन विजयी गराउन अनुरोध गर्नु भएको छ।
हजारौं कर्याकर्ता , सयौ गाडि उत्रारेर एमाले ले कोल्हवी बजारमा शक्ति प्रदशनी गरेको हो । कोल्हवी नगरपालिका वडा नं १ कोल्हवी गाउँ का माओवादी केन्द्र का नेता देबेन्द्र चौधरी माओवादीको यो नगरमा अस्तित्व नरहने भनेर एमाले प्रवेश गरेका छन्। चुनाव प्रचारको क्रममा वभनिमा मेयर पदका उम्मेदवार भरत बहादुर भण्डारी र जिल्ला सदस्य गोबिन्द पौडेलले उहाँ लाई स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य पुरनदेव चौधरीले राख्नु भएको थियो भने जिल्ला कमिटीका सदस्य गोबिन्द पौडेलले कार्यक्रम को सञ्चालन गर्नु भएको थियो।