मकवानपुरगढी ५ र ६ मा कांग्रेसले जित्न असहज देखेपछि इन्द्र बानियाँ आफैँ पुगे भोट माग्न

कोल्हवी न्यूज
२०७९ बैशाख २६, सोमबार १६:५८

हेटौंडा/असन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरगढी ५ र ६ मा नेपाली कांग्रेसले जित्न असहज देखेपछि अन्तिम अस्त्रको रुपमा नेपाली कांग्रेस बागमती प्रदेश सभापती इन्द्र बानियाँलाई लिएर भोट माग्न गठबन्धन बाध्य छन् ।
आज बिहानदेखि नै गठबन्धनको पक्षमा भोट माग्दै इन्द्र बानियाँ कांग्रेस र माओबादी केन्द्रको कार्यकर्ता सहित सिमलटार देखि डुम्रेकुनासम्म भोट माग्दै पुगेका दिए । प्रदेश सभापती स्वयम उपस्थित कार्यक्रममा कार्यकर्ताहरुको उपस्थिती निक्कै कम देखिएको छ ।

मकवानपुरगढीमा नेपाली कांग्रेस र माओबादी केन्द्रले गठबन्धन गरेर अध्यक्षमा कांग्रेसका दोर्जे लामा स्याङतान र उपाध्यक्षमा माओबादी केन्द्रकी मानकुमारी पाख्रिनलाई उम्मेद्वार बनाएको छ भने मकावानपुरगढी ५ मा भने गठबन्धन हुन नसकेर कांग्रेस र माओबादी केन्द्रले आ–आफ्नै उम्मेद्वार उठाएका छन् ।
कांग्रेसमा अराजक व्यवहार र हेपाह प्रबृती रहेको भन्दै माओबादी केन्द्रका कार्यकर्ताहरु असन्तुष्ट छन । नेपाली कांग्रेसलाई माऔबादीको बिश्वास नभएको र माओबादीलाई कांग्रेसको बिश्वास नभएको कारण पराजय भोग्नु पर्ने भएपछि अन्तिम अस्त्रको रुपमा बानियाँ प्रयोग गर्न बाध्य भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*