लोकप्रिय भरत,बलियो जनमत
कोल्हवी: थारु समुदायसंगको सद्भाव र अधिक घुलमिलकै कारण भरतबहादुर भण्डारीलाई कोल्हबी नगरपालिकामा ‘भरतबहादुर चौधरी’ भनेर पनि बोलाईने गरिदो रहेछ । थारु समुदायसंग अत्यन्तै नजिक भण्डारीले भने आफ्नो नाम पछाडी चौधरी राखेर बोलाएकोमा कहिल्यै नराम्रो मानेनन् ।
थारु समुदायसंग उनको स्नेह र सम्बन्ध अपत्यारिलो भएपनि अस्वभाविक भने छैन् । भण्डारीले मात्रै होईन थारु समुदायका नागरिकले पनि उनलाई अधिक प्रेम गर्छन् । जसको उदाहारण अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा उनले थारु समुदायबाट प्राप्त गरेको मतपरिणामले देखाउछ् ।
थारु समुदायको बाहुल्यता र कांग्रेसका नेता उमाकान्त चौधरीको गृह नगरमा एमालेका उम्मेदवार भण्डारी नगर प्रमुख पदमा निर्वाचित हुँदा उनलाई थारु समुदायको अत्यधिक साथ रहयो । कांग्रेसका मुरलीधर चौधरीलगायत अन्य दलबाट उठेका थारु समुदायका उम्मेदवारलाई पन्छाउदै पहाडी समुदायका भण्डारी नगर प्रमुखमा निर्वाचित भए ।
भण्डारीले सात हजार चार सय दुई मत प्राप्त गर्दा कांग्रेसका उम्मेदवार चौधरीले सात हजार दुई सय ६ मत प्राप्त गरेका थिए । भण्डारी र चौधरीबीच एक सय ९६ मतको मतान्तर रहेको थियो । मतान्तरका हिसाबले प्रतिस्पर्धात्मक देखिएको निर्वाचनमा भण्डारीले थारु समुदायकै मत पाएर जित हासिल गरेका थिए ।
अघिल्लो निर्वाचनको मतपरिणाम हेर्ने हो भने थारु समुदायको बाक्लो बसोबास रहेको वडाहरुमै भण्डारीले लोकप्रिय मत पाएको देखिन्छ । कांग्रेस नेता उमाकान्त चौधरीको वडा समेत पर्ने वडा नं. १० मा भण्डारी र कांग्रेसका उम्मेदवार चौधरीबीच तिब्र प्रतिस्पर्धा देखियो ।
उक्त वडामा कांग्रेसका उम्मेदवारले ६ सय ६६ मत प्राप्त गर्दा भण्डारीले ६ सय ५९ मत पाएका थिए । यता वडा नं. ६ कुमरगढी र प्रसौनाबाट कांग्रेस उम्मेदवार चौधरीले पाँच सय ४५ मत प्राप्त गर्दा एमाले उम्मेदवार भण्डारीले ६ सय १८ मत ल्याए । यस्ता थुप्रै वडा छन् जहाँबाट भण्डारीले थारु समुदायको भोट बढी पाएका छन् ।
कांग्रेसका केन्द्रीय नेताको पकड मानिएको र थारु समुदायको ‘कोर क्षेत्र’ रहेको वडामै भण्डारीलाई अधिक प्राप्त हुनुले थारु समुदायसंगको उनको सम्बन्ध कस्तो छ भनेर धेरै चर्चा गर्नुपर्ने अवस्था नरहेको पुष्टि हुन्छ । थारु समुदायको साथ र हौसलाबाट पहिलो पटक मेयरमा निर्वाचित भएका भण्डारीलाई एमालेले पुनः उम्मेदवार बनाएको छ ।
पार्टीको निर्णयअनुसार नगर प्रमुख पदका लागि पुनः उम्मेदवारी दिएपछि भण्डारी अहिले चुनावी अभियानमा व्यस्त छन् । उनको चुनावी अभियानमा अहिले पनि तिनै थारु समुदायको साथ देखिन्छ । थारु समुदायकै बाक्लो उपस्थितीकाबीच घरदैलो लगायत अन्य प्रचार अभियान भईरहेको छ ।
‘थारु समुदायसंगको उहाँको सामिप्यता अत्यन्तै लोभलाग्दो र सम्मानजनक छ’ एमाले कोल्हबी नगर कमिटीका अध्यक्ष पुरनदेव चौधरीले भने ‘त्यसैले उहाँलाई सहयोग गर्न कोल्हबीका थारु समुदायका नागरिक कहिल्यै पछि पर्दैनन् ।’ थारु समुदायको बसोबास रहेको बस्तीमा विकासलाई प्राथमिकता दिनुका साथै उनिहरुको दुःख, समस्या, पीडालाई बुझ्ने र त्यसको तत्कालै समाधान गर्ने उहाँको कार्यशैली सबैले रुचाउने गरेको चौधरीले बताए ।पहाडी समुदायको भएपनि भण्डारीका बालसखा प्राय सबै थारु समुदायकै छन् । कोल्हबीस्थित अनुप दीपनी माध्यमिक विद्यालयबाट एसएलसी उतिर्ण गरेका भण्डारी सानैदेखी फरक स्वभावका थिए । उनि विद्यार्थी जिवनदेखीनै थारु समुदायसंग घुलमिल गर्न रुचाउथे । समस्या परेका बेला साथीहरुलाई सहयोग गर्न उनि त्यतिबेलै पछि हट्दैन थिए ।साभार: ईसिलालेख बाट