द भ्वाइस अफ किड्सको उपाधि जेनिश उप्रेतीले हात पार्यो

कोल्हवी न्यूज
२०७८ माघ २, आईतवार ०६:४२

सुमधुर स्वरका धनी मकवानपुरका जेनिश उप्रेतीले हिमालय टेलिभिजनबाट प्रशारण भईरहेको नेपालकै चर्चित रियालिटी सो द भ्वाइस अफ किड्सको उपाधि जितेका छन्। शनिवार राती साँढे १० बजे सम्पन्न द भ्वाइस अफ किड्स सिजन वानको फाईनल स्पर्धामा जेनिशले उपाधि चुमेका हुन्।

विजेता बनेसँगै उप्रेतीले १५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । शनिबार भएको ग्रान्ड फिनालीमा आठजना प्रतिस्पर्धीबीच उनी छानिएका हुन् ।

दर्शकको प्राप्तको मतको आधारमा विजेता घोषणा गरिएको आयोजक पक्षले जनाएको छ । टीम प्रमोदबाट झापाकी रुक्सना लिम्बु र मकवानपुरका जेनिश उप्रेती, टीम राजुबाट बाजुराका सुप्रिम मल्ल ठकुरी र काठमाडौंकी पासाङ डिक्की शेर्पा, टिम मिलनबाट दार्जिलिङकी मिन्छामा राई र इलामकी नुमा राई तथा टीम प्रविशाबाट झापाकी अनुजा कडरिया र झापाकै सुसमी गुरुङ फाइनलमा पुगेका थिए ।

द भ्वाइस किड्सको निर्णायकमा गायक प्रमोद खरेल, राजु लामा, मिलन नेवार र प्रविशा अधिकारी रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*