वीरगञ्जलाई प्रदेश नम्बर २ को राजधानी बनाउनुपर्ने माग गर्दै नेपाली काग्रेस सडकमा

कोल्हवी न्यूज
२०७८ पुष २८, बुधबार ०६:०६

पर्साको वीरगञ्जलाई प्रदेश २ को राजधानी बनाउन माग गर्दै मंगलबार नेपाली कांग्रेसले विरोध जुलुससहित प्रदर्शन गरेको छ। कांग्रेस वीरगञ्ज महानगर समितिले वीरगञ्जलाई प्रदेशको राजधानी बनाउन माग गर्दै जुलुससहित प्रदर्शन गरेको हो।

प्रदेशको राजधानीको माग गर्दै घण्टाघरबाट निस्किएको विरोध जुलुस वीरगञ्ज महानगरको परिक्रमा गरी पुनः घण्टाघरमै आएर कोण सभामा परिणत भएको थियो। विरोध जुलुसमा सहभागी भएका नेता कार्यकर्ताहरुले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतविरुद्ध नाराबाजी गरेका थिए।

विरोध जुलुसपछि आयोजित कोण सभामा बोल्ने कांग्रेस नेताहरुले वीरगञ्जलाई राजधानी नबनाउनको लागि प्रदेश सांसदहरुले चलखेल गरिरहेको बताएका थिए। वीरगञ्जसित धोखा गर्ने काम भइरहेको आरोप उनीहरुको थियो।

कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका प्रदेश सांसद शंकर चौधरीले मधेसी दलहरुले वीरगञ्जमा आन्दोलन गर्ने बेलामा वीरगञ्जलाई नै प्रदेशको राजधानी बनाउने भने पनि अहिले आएर उनीहरुले नै जनकपुरलाई राजधानी बनाउन लागि परेको बताए। उनले मधेसी दलका नेताहरुले आन्दोलन गर्ने बेलामा जनतासित वीरगञ्ज राजधानी बनाउन गरेको वाचा पूरा गर्न पनि उनले माग गरे।

‘मधेसी दलका नेताहरु आन्दोलन गर्ने समयमा यहाँका जनताहरुसित प्रदेशको राजधानी वीरगञ्जलाई नै बनाउँछौ भनेर भनेका थिए,’ उनले भने, ‘आज किन उनीहरुले नै जनकपुर राजधानी बनाइरहेका छन्रु, यहाँका जनताले अब ती मधेसी नेताहरुसित सोध्नुपर्छ।’

वीरगञ्जमा भौतिक संरचनाको विकाशसँगै योगदानको रुपमा पनि अघि रहेकोले राजधानीको लागि वीरगञ्ज नै उपयुकत भएको कोणसभालाई सम्बोधन गर्दै कांग्रेसका अर्का प्रदेश सांसद राजेश्वर साह तेलीले बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*