संकटमा रमेश उप्रेतीको वैवाहिक जीवन !

कोल्हवी न्यूज
२०७८ पुष २६, सोमबार ०६:४६

‘रजतपट’ नामक टेलिभिजन कार्यक्रमले अभिनेता रमेश उप्रेतीको श्रीमती किरण राणासँग डिभोर्स हुन लागेको खबर चुहाएपछि यतिबेला यही विषयले फिल्म क्षेत्र रापिएको छ । विगत केही समयदेखि उनीहरु एक्ला(एक्लै बस्दै आएको चर्चा छ । अभिनेता उप्रेतीले पनि आफूहरु अलग बस्दै आएको कुरा स्वीकार गरेका छन् । तर, कानुनी रुपमा डिभोर्स भने नभएको उनको दाबी छ ।

घरायसी समस्याका कारण अलग बस्दै आएको भए पनि डिभोर्सको बारेमा अहिले नै आफूले केही नसोचेको रमेशले बताएका छन् । एकअर्कालाई स्पेश दिनका लागि आफूहरु अलग बस्दै आएको उनको भनाई छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार, रमेश र किरण दुवै डिभोर्स गर्ने निर्णयमा पुगिसकेका छन् । केही समयदेखि उनीहरुबीच बोलचाल र भेटघाट नभएको बताइन्छ ।

रमेश र किरणको प्रेम विवाह भएको थियो । रमेशसँग किरणको दोस्रो बिहे हो । विवाहको केही समयपछि यो जोडी अमेरिका उडेको थियो । करीब दश वर्ष अमेरिकामा विताएपछि उनीहरु नेपाल फर्किएका थिए । नेपाल आएपछि रमेश फिल्म अभिनय र निर्माणमा सक्रिय छन् । केही समय अगाडिसम्म उनले श्रीमतीसँगका तस्विरहरु सामाजिक सञ्जालमा साझेदार गरिरहेका हुन्थे ।

अमेरिकाबाट नेपाल फर्केपछि काठमाडौंको बुढानीलकण्ठस्थित सीजी भिल्लामा श्रीमतीसँग बस्दै आएका रमेश केही महिनादेखि बुढानीलकण्ठमै फ्ल्याट भाडामा लिएर एक्लै बस्न थालेका छन् । उनकी श्रीमतीले भने सीजी भिल्ला छाडेकी छैनन् । तीन वर्षअघि रमेशले आफ्नै लगानीमा फिल्म ‘ऐश्वर्या’ को निर्माण गरेका थिए । तर, यसपछि उनले नयाँ फिल्म बनाउने हिम्मत गरेका छैनन् । फिल्मीखबरबाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*