अडिसनबाट छानिए ‘लाखे’ का लागि १० जना कलाकार

कोल्हवी न्यूज
२०७८ मंसिर २१, मंगलवार ०६:४३

निर्माणको तयारीमा रहेको फिल्म ‘लाखे’ का लागि १० जना कलाकार अडिसनमार्फत् छनोट भएका छन् । थापागाउँस्थित कान्तिपुर फिल्म कलेजमा भएको अडिसनमा निर्माण टिमले फिल्मका लागि एक सह(अभिनेत्री, एक बालकलाकारसहित विभिन्न चरित्रका लागि १० जना कलाकार छानेको हो । २ सय बढीले अडिसन दिएकोमा १० जना मात्र छानिएको निर्देशक सम्राट बस्नेतले बताए ।

सह(नायिका रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए।परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी अडिसनमार्फत् छानिएका हुन् । नायिकाबाहेक फिल्मका लागि सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, सुनिल थापा फाइनल भइसकेका छन् ।

ठूलो बजेटमा निर्माण हुने बताइएको फिल्मको नाम ‘लाखे’ राखिएको भए पनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परामाथि फिल्म पुरै नसमेटिएको निर्देशक बस्नेतले बताए । पुसको दोस्रो साताबाट छायांकन सुरु हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । कथा समेत निर्माता अर्यालकै रहेको उक्त फिल्ममा गणेश मल्ल ठकुरी प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*