ए डिभिजन : विभागीय डर्बीमा आर्मी र पुलिस भिड्दै

कोल्हवी न्यूज
२०७८ मंसिर ६, सोमबार १०:०१

 

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत पहिलो चरणको अन्तिम दिन सोमबार दुई खेल हुँदैछन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्दैछन् । यो विभागीय डर्बी दिउँसो १ बजे सुरु हुनेछ।

आज दुबै टोली जित निकाल्दै लिगमा सुखद सुरुवात गर्ने योजनामा छन्। आर्मी भरत खवास तथा पुलिस राम बाजीको कप्तानीमा मैदान उत्रनेछ ।

दोस्रो खेलमा साविक बिजेता मछिन्द्र क्लबले न्युरोड टिम ९एनआरटी० को सामना गर्नेछ । यो खेल साँझ पौने पाँचबाट सुरु हुनेछ ।

सुजल श्रेष्ठको कप्तानीमा रहेको मछिन्द्र उपाधि रक्षा अभियानको सुरूवात जितबाट गर्न चाहन्छ ।

अजित प्रजापतिको कप्तानीमा रहेको एनआरटी पनि सुखद् सुरूवातको लक्ष्यमा छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*