रौतहटमा कार दुर्घटनामा परी चार भारतीय नागरिकको मृत्यु

कोल्हवी न्यूज
२०७८ कार्तिक २८, आईतवार १९:५७

रौतहटको यमुनामाई गाउँपालिकाको झुन्खुनवा चोक नजिक शनिवार राति कार दुर्घटनामा परेर चार जना भारतीय नागरिकको मृत्यु भएको छ ।

गौर चन्द्रपुर सड्क खण्ड अन्तर्गत पर्ने यमुनामाई गाउँपालिकाको झुन्खुनवा चोक स्थित पेट्रोल पम्प भन्दा २ सय मिटर उत्तर तर्फ चन्द्रपुरबाट गौर तर्फ आउदै गरेका युके १२ सि २९०० नम्वरको भारतीय नम्वरको स्वीफ्ट कार गए राति १० बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुँदा चार जना भारतीय नागरिकको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

अत्याधिक गतिमा गुडिरहेको कार अनियन्त्रित भई पल्टिदा सडक भन्दा २० मिटर छेउमै रहेको पोखरीमा कार डुबेपछि बम नहरमा सुरक्षा चेकजाँचमा रहेका सुरक्षाकर्मीहरु तत्काल घटनास्थलमा पुगेर कारमा रहेका व्यक्तिहरुलाई बचाउन निकै प्रयास गरिएपनि सफल भईएन, उनीहरलाई कारको अगाडीको सिसा फुटाएर निकाल्दा चारैको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विनोद घिमिरेले जानकारी दिए ।

मृतक चारै जनाको खल्तिबाट आइडी कार्ड बरामद भएपनि उनीहरुको यथार्थ पहिचानको लागि भारतीय प्रहरीलाई तस्वीर सहितको म्यासेज पत्राचार गरिएको बताए । अहिले सम्म उनीहरुको वास्तविक नाम र ठेगाना उल्लेख हुन सकेको छैनन ।

दुर्घनाग्रत भएको कारलाई गहिरो पानीबाट राति नै प्रहरीले क्रेनको सहाराबाट निकालेका छन् । मदिरा सेवन गरेर गाडी चलाएकोले तिव्र गतिमा आउदै गरेको कार दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको विषयमा गहन रुपमा अन्सन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*