बाँकेबाट बेपत्ता पारिएकी निर्मला कुर्मीको मृत्यु ‘भारतमा कालगतिले नै भएको’ प्रहरीको दाबी

कोल्हवी न्यूज
२०७८ कार्तिक २३, मंगलवार १९:०८

बाँकेबाट बेपत्ता पारिएकी निर्मला कुर्मीलाई न्याय दिलाउन स्थानीयको आन्दोलन जारी रहेका बेला प्रहरीले भने ुभारतमा कालगतिले उनको मृत्यु भएकोु दाबी गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका नायब उपरीक्षक मधुसुदन न्यौपानेले नेपालगन्ज उपमहानगरपालिका–१७ की कुर्मीको कालगतिले नै मृत्यु भएको तथ्य फेला परेको जानकारी दिए।

उनका अनुसार निर्मलाले नेपालगन्जबाट करिब २५ किलोमिटर पर भारतको जगन्नाथपुर बस्ने अर्जुन कुर्मीसँग दोस्रो विवाह गरेकी थिइन्। ुहामीलाई निर्मला कुर्मीको अपहरण, शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दा प्राप्त भएको थियो। त्यो मुद्दा हुन कुर्मीको बासस्थान, अवस्था र मारिएको भए कहाँ(कसरी मृत्यु भयो भन्ने कुरा खुल्न जरूरी थियो। यी कुरा पुष्टि गर्न हाम्रो अनुसन्धान टोली भारत गयो,ु प्रहरी नायब उपरीक्षक न्यौपानेले सेतोपाटीसँग भने, ुटोलीले अनुसन्धान गर्दा निर्मलाले अर्जुन कुर्मीसँग दोस्रो विवाह गरेको पत्ता लागेको छ।

निर्मलाले २०६८ सालमा दोस्रो विवाह गरेर भारत गएको प्रहरीको दाबी छ। उनको पहिलो श्रीमान महालु कुर्मी २०६२ सालमा बितेका थिए। त्यसपछि २०६६ सालमा उनका दुई बच्चाको पनि दस दिनकै अन्तरमा मृत्यु भएको थियो, जसको पोस्टमार्टम गर्न पूर्वसभासद बादशाह कुर्मीले नदिएको आरोप छ। श्रीमान र दुई जना बच्चाको मृत्युपछि कुर्मी कामको सिलसिलामा भारत गएको प्रहरीले जनाएको छ।

ुयता श्रीमान बिते, दुई जना बच्चाको पनि मृत्यु भयो, त्यसको केही वर्षपछि निर्मला अर्जुनसँग भारत गएको देखिन्छ। फेरि विभिन्न प्रलोभनमा पारेर उनलाई नेपाल ल्याइयो। यहाँ ल्याएर उनको जग्गा अरूले लगिदियो,’ प्रहरी नायब उपरीक्षक न्यौपानेले भने, ‘त्यसपछि भारत गएर आफ्नी श्रीमती पिरैपिरमा कालगतिले मरेको भनेर अर्जुनले बयानमा भनेका छन्।ु

उनले थपे, ‘जग्गा-जमिन चाहिँ खाइदिएकै हुन् भनेर अर्जुनले भनेका छन्। तर उनको मृत्यु चाहिँ कालगतिले नै भएको भन्ने अर्जुनको बयान छ। उनले कालगतिले मृत्यु भएको भन्ने केही प्रमाण पनि देखाएका छन्।’ प्रहरीले निर्मलाको मृत्युपछि दाहसंस्कार गर्न लग्दाको तस्बिर, मृत्यु दर्ता र आधार कार्डसमेत फेला पारेको न्यौपानेले जानकारी दिए।

कागजातमा उल्लेख भएअनुसार उनको मृत्यु २०७६ चैत १४ गते भएको देखिन्छ। ती कागजात र तस्बिरहरू सक्कली हुन् कि नक्कली भनेर पनि अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए। ‘डकुमेन्टहरू प्राप्त भएका छन्। त्यसअनुसार उनको मृत्यु सामान्य तरिकाले भएको हो कि होइन भनेर हामी अनुसन्धान गर्दैछौं। कागजातहरू पनि हामी भेरिफाइ गर्दैछौं,’ उनले भने।

जिल्ला अदालत बाँकेले सोमबार यो मुद्दामा पक्राउ पुर्जी जारी गरेपछि ६ जना प्रहरी कार्यालयमा आइपुगेका थिए। कार्यालयमा ८ जनाविरूद्ध जाहेरी परेको थियो। पक्राउ पर्नेमा कृष्णमुरारी सिंह, उर्मिला कनौनिया, अमरलाल कुर्मी, वीरेन्द्र सिंह, रमेशकुमार थापा, पार्वती विष्ट र कुँवर बबन सिंह छन्। बबनलाई भने अदालतले ८० वर्ष उमेर पुगेका कारण छाडेको थियो।

मुख्य अभियुक्तका रूपमा रहेका पूर्वसभासद बादशाह कुर्मीलाई भने सरकारी वकिल कार्यालयले हाजिर जमानीमा राखेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। न्यौपानेका अनुसार नेपालमा निर्मला कुर्मीका एक जना भाइ छन् तर प्रहरी सम्पर्कमा छैनन्। भाइले पनि एकचोटि निर्मलाको मृत्यु कालगतिले नै भएको भनेर निवेदन दिएको उनले बताए।

प्रहरीले घटनामा थप अनुसन्धान गरिरहेको छ। निर्मलाको जग्गा हडपेको विषयमा ठगी मुद्दाको हदम्यादबारे कानुनी परामर्श भइरहेको न्यौपानेले जानकारी दिए।

निर्मला कुर्मी र नकुन्नी धोबीको मृत्यु भएको घटनामा न्याय माग गर्दै रूबी खान लगायत अभियन्ताहरूले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए। कुर्मीका छिमेकी तथा स्थानीयहरू रूबीको नेतृत्वमा नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौंको माइतीघरमा धर्ना दिन आएका थिए। यहाँ आएर रूबी १२ दिन अनसन पनि बसिन्। यी दुवै घटनामा छानबिन हुने सरकारको प्रतिबद्धतापछि मात्र उनीहरू नेपालगन्ज फर्किएका थिए।

सरकारले गृह मन्त्रालयका सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा छ सदस्यीय समिति समेत गठन गरेको थियो। समितिले आफ्नो प्रतिवेदन सरकारलाई बुझाइसकेको छ। सेतोपाटीबाट साभार

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*