चार जिल्लामा भारी वर्षा मापन

कोल्हवी न्यूज
२०८२ जेष्ठ ६, सोमबार १७:०३

देशका चार जिल्लामा पछिल्लो १२ घण्टामा अति भारी वर्षा मापन गरिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कास्की, रौतहट, चितवन र सप्तरीमा उल्लेखनीय मात्रामा पानी परेको हो।

महाशाखाका अनुसार कास्कीमा सबैभन्दा बढी १२०.२ मिलिमिटर वर्षा भएको छ। यस्तै, रौतहटमा ११९।६ मिलिमिटर, चितवनमा १०० मिलिमिटर र सप्तरीमा १०७.४ मिलिमिटर वर्षा मापन गरिएको छ।

साथै सोमबार दिउँसो रोल्पा, गोरखा, काठमाडौँ (कीर्तिपुर), दोलखा, कास्की र सर्लाहीसहित मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको विभागले जानकारी दिएको छ।

जल तथा मौसम विज्ञान विभागले वर्षासँगै पहिरो, बाढी तथा डुबानको जोखिम रहने भन्दै सतर्क रहन सम्बन्धित क्षेत्रका स्थानीय र निकायलाई आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*