तामागढी हस्पिटल कोल्हवीले अन्तिम दिन १७३ जनाको नि:शुल्क स्वास्थ्य परिक्षण गर्यो

कोल्हवी न्युज
२०८१ माघ ५, शनिबार १७:४२

कोल्हवी:कोल्हविको तामागढी हस्पिटल द्वारा माघी पर्वको अवसर पारेर गरेको निशुल्क स्वास्थ्य परिक्षण अन्तर्गत माघ ५ गते अन्तिम दिन स्त्री तथा प्रसुती रोगको ५८ जना महिलाहरुको र हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.बाट ११५ गरि कुल १७३ जनाको स्वास्थ्य परिक्षण गरिएको छ।

माघ ३ गते बाट शुरु भएको उक्त निशुल्क शिबिरमा पहिलो दिन थाईराईड,सुगर सम्बन्धी सेम्पल कलेक्सन गरेको थियो यसैगरी दोश्रो दिन निशुल्क मुटु रोग परिक्षणमा ९५ जना महिला/पुरुष र तेश्रो दिन माघ ५ गते १७३ जना महिला पुरुषले चेक जाछ गराएका थिए।

सामाजिक कार्य अन्तर्गत तामागढी हस्पिटललले बिगत बर्षहरु देखिनै खेल्कुद,स्कुल लगायतका क्षेत्रहरुमा निशुल्क चेक जाछ र विभिन्न स्कुलहरुमा ब्लड ग्रुप पहिचान कार्यक्रम गर्दै आईरहेको छ।

अन्तिम दिन भएको निशुल्क स्वास्थ्य शिबिरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा.राजेन्द्र कुमार चौधरिलाई र हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा.नवीन कुमार सिह लाई कोल्हवी नगरपालिकाकी उप- मेयर लक्ष्मी कुमारी चौधरिले प्रसंशा पत्र प्रदान गर्नु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*