बाराको सिम्रौनगढमा प्रहरीद्वारा गाँजा खेती नष्ट
बारा जिल्लामा लुकाई छिपाइ भइरहेको गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले बुधवार सिम्रौनगढ नगरपालिकामा अवैध तरिकाले लुकाई छिपाइ भइरहेको गाँजा खेती नष्ट गरेको हो ।
बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेका अनुसार विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारामा खटिएको टोलीले सिम्रौनगढ – २ र ७ मा लगाइएको गाँजा खेती बुधवार नष्ट गरेको हो ।
पहिलो चरणमा विभिन्न २० ठाउँको लगाइएका १२ कट्ठा जग्गाको गाँजा खेती नष्ट गरिएको डिएसपी न्यौपानेको भनाई छ ।
पर्सा प्रहरीले पनि बुधवाद ठोरी गाउँपालिकामा अवैध तरिकाले दश कट्ठा जग्गामा लगाइएको गाँजा खेती नष्ट गरेको थियो ।