जाजरकोट भूकम्पमा मृत्यु हुनेको सङ्ख्या १३३ पुग्यो*

कोल्हवी न्यूज
२०८० कार्तिक १८, शनिबार १२:५५

जाजरकोटमा गए राति गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३३ पुगेको छ ।

पछिल्लो प्राप्त तथ्याङ्कअनुसार जाजरकोटमा ९५ र रुकुम-पश्चिममा ३८ जनाको मृत्यु भएको हो । घाइतेको सङ्ख्या एक सय ४० पुगिसकेको नेपाल प्रहरीले तथ्याङ्क सार्वजनिक गरेर बताएको छ ।

भूकम्पमा गम्भीर घाइते भएका रुकुम-पश्चिमका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लागिएको छ

उद्धार र क्षतिको विवरण सङ्कलन जारी रहेकाले मृतक र घाइतेको सङ्ख्या बढ्न सक्ने बताइएको छ । गए राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*