सशस्त्रका प्रहरीका ३ एआईजीको सरुवा
कोल्हवी न्यूज
२०८० आश्विन १, सोमबार ०७:२२
सरकारले सशस्त्रका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ ।
मन्त्रिपरिषद्ले एआईजी पुष्पराम केसीलाई सीमा सुरक्षा विभागबाट प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरेको छ । सीमा सुरक्षा विभागमा मानव स्रोत विभागमा रहेका एआईजी नारायण बाबु थापालाई पठाएको छ ।
प्रधान कार्यालयको मानव स्रोत विभागमा प्रशिक्षण प्रतिष्ठानमा रहेका एआईजी रामशरण पौडेललाई पठाएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।