समाजसेवी अमृत जि. आरको पहलमा अशक्त महतोलाई काठमाडौ पठाईयो

सिकेन्द्र कुशवाह
२०८० भाद्र ३०, शनिबार २१:४०

कोल्हवी:बाराको कोल्हबी न.पा.वडा न.९ अडेम्बा बिर्ताका लामो समय देखि किड्नी र लिभरको समस्याले आर्थिक अवस्था कमजोर भई थलिएका बिरामी प्रमोद महतोलाई समाजसेवि अमृत जि.आरको पहलमा आज उपचारका लागि काठमाडौ पठाईएको छ।

२०७९ काे स्थानीय चुनावमा हार खाएपनि गरिब निमुखा जनताको सु:ख-दुःख जस्तो सुकै परिस्थितिमा पनि सहयोग गर्न हार नमान्ने काेल्हबि ना:पा मा नेकपा माओवादी केन्द्र बाट मेयर पद का प्रत्यासी तथा समाज सेवि अमृत GR र कोल्हबी नगरपालिका वडा नं ९ नेकपा माओवादी बाट निर्वाचित वार्ड अध्यक्ष दल बहादुर चौधरी दुबै जनाको बिशेष पहल र सहयोगमा यो कार्य सम्भ्व भएको सामाजिक अभियन्ता प्रकश चौधरिको भनाई रहेकोे छ।

उनको थप उपचारका लागि महतो लाई नगद रु ३५,५००| र एम्बुलेन्स को ब्यवस्था मिलाई काठमाडौ स्थित वीर अस्पतालमा पनि नि:शुल्कमा उपचार हुने गरि पठाईएको हो। महतो लाई बचाउन कुनै कमि हुन नदिने समाजसेवि जि.आर र कोल्हबी न.पा वडा न. ९ का वडा अध्यक्ष दलक बहादुर चौधरिको भनाई रहेको छ।

परिवार जनले उनको सहयोगको अपेक्षा राख्दै । सके आर्थिक सहयोग गर्नुहोला नसके यो पोष्टलाई share गरी सहयोगी हात सम्म पुर्याइदिनुहुन हार्दिक अनुरोध समेत गरेको छ।🙏🙏🙏🙏

सहयोगको लागि बिरामिको बहिनी रतन चौधरीको बैंक खाताको निम्न लिखित ब्यहोरामा पठाउन सकिने परिवार जनले बताएको छ।
A/c Number:-09310900402414000001
A/c Name:- Ratan Chaudhary
Bank:- sanghrila development bank
Branch:Kolhabi
Contact Number:- 9815236516
9862094619

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*