आज पनि हुनेछ वर्षा, यस्तो छ आजको मौसम पूर्वानुमान

कोल्हवी न्यूज
२०८० जेष्ठ १४, आईतवार ०८:०५

आज बिहान देशभर पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी र मधेश प्रदेशमा सामान्य देखि पूर्ण बदली रही देशका बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहेको छ। कोशी र वाग्मती प्रदेशका केही भूभागमा हल्का वर्षा भइरहेको महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली रहनेछ। कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन र चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान छ।

यस्तै, आज रातीː कोशी, वाग्मती, गण्डकी, र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागहरूमा आंशिक बदली रहनेछ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*