आउने भयो ‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन, प्रियंका कार्कीलाई दिइयो यस्तो भूमिका

कोल्हवी न्यूज
२०७९ फाल्गुन १०, बुधबार ०८:१८

‘मुन्द्रेको कमेडी क्लब’को तेस्रो सिजन आगामी चैत २ गतेदेखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ। कलाकार जितु नेपाल (मुन्द्रे)को उक्त शोको मंगलवार औपचारिक घोषणा भएको छ।

शोको अध्यक्षमा अभिनेत्री प्रियंका कार्की रहनेछिन्। कलाकारहरूमा भने दमन रूपाखेती, प्रभात लामा, दिनेश काफ्ले र एलिना बाँस्कोटा रहने नेपालले जानकारी दिए। साथै, जोश र जागर भएको टिम भएकाले शो राम्रो बन्नेमा जितु आशावादी देखिएका छन्।

त्यसैगरी, अभिनेत्री कार्कीले आफू फ्यान भएको शोमा जोडिदा पाउँदा खुसी लागेको बताइन्। साथै, नयाँ-नयाँ काम गर्न मन पराउने कार्कीको भनाइ छ।

यस शोमा दिनेश डिसीको निर्देशन रहनेछ। ५२ एपिसोड हुने शो सबै उमेर समूहका दर्शकलाई लक्षित गरेर बनाउन लागिएको टिमले जनाएको छ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*