लायन्स क्लब द्वारा विपन्न परिवारलाई सिरक वितरण

कोल्हवी न्युज
२०७९ माघ ८, आईतवार २०:३२

कोल्हवी:निजगढका लायन्स क्लबहरुले आज आईतवार निजगढका विभिन्न वडाका अतिविपन्न परिवारमा सिरक वितरण गरेका छन ।
लायन्स क्लब अफ निजगढ, लायन्स क्लब अफ निजगगढ पिस, लायन्स क्लब अफ निजगढ सिटी, लायन्स क्लब अफ निजगढ युथ, लायन्स क्लब अफ बारा ग्यालेक्सी र लायन्स क्लब अफ महागढीमाईले निजगढ नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ७, ९, १० र १३ मा १ सय २६ थान सिरक संयुक्त रुपमा वितरण गरेको हो । लायन्स क्लबले यस अघि पनि विभिन्न विधामा रहेर सहयोगहरु गर्दै आएको र आगामी दिनहरुमा पनि सहयोग गर्ने बताउछन लायन्स क्लबका जोन चेयर पर्सन पवन श्रेष्ठ । सिरक वितरण कार्यक्रममा वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा र सो वडाका वडा सदस्यहरुले विपन्न परिवारलाई सिरक सहयोग गरेकोमा लायन्स क्लब निजगढलाई धन्यवाद दिएका थिए ।
यसै बीच हिजो पनि लायन्स क्लब .निजगढले निजगढ नगरपालिकाको सिगौलका विपन्न परिवारमा ३० जनालाई सिरक वितरण गरेको थियो । क्लबले निजगढ नगरपालिका वडा नम्बर १, २ र ३ का अति विपन्न १०/१० गरी ३६ परिवारलाई हिजो न्यानो सिरक वितरण गरेको हो ।
सिरक वितरण कार्यक्रममा लायन्स क्लब अफ निजगढका प्रेसिडेन्ट अरुण सर्राफ , लायन्स क्लब अफ निजगढ पिसका प्रेसिडेन्ट विनोद घिमिरे, लायन्स क्लब अफ निजगढ सिटीका प्रेसिडेन्ट विष्णुगोपाल रिसाल, लायन्स क्लब अफ निजगढ युथका प्रेसिडेन्ट जनक श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । क्लबले यस अघि पनि १हाजर थान विभिन्न प्रजातिका रुखका विरुवा र अतिविपन्न विद्यार्थिहरुलाई झोला वितरण गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*