लागूऔषधसहित पक्राउ
पर्साको वीरगञ्ज महानगरपालिका–१६ स्थित बसपार्कबाट नियन्त्रित लागूऔषध नुफिन ९२ एम्पुलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालय काठमाडौंका अनुसार सुन्दरबजार नगरपालिका –८ कुसुण्डे बस्ने २२ वर्षीय अनिल सापकोटालाई प्रहरीले पक्राउ गरेको हो । उनको साथमा रहेको डाइजेपाम इन्जेक्सन ९२ एम्पुल, हाइड्रोक्लोराइड ईन्जेक्सन ९२ थानसहित प्रहरीले पक्राउ गरेको जनाएको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको बताएको छ ।
सोहीअनुसार जाजरकोट, भेरी नगरपालिका –४ रानागाउँ बस्ने २१ वर्षीय मदन शाहीलाई नियन्त्रित लागूऔषध नाइट्राभेट ६६ ट्याबलेट, ट्रामाडोल ३५ ट्याबलेट र क्यारिसपास ३० ट्याबलेटसहित प्रहरीले पक्राउ गरेको छ ।
सोही ठाउँस्थित गैरीखाली बजारमा हिँडीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको थियो । त्यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।