मकवानपुर क्षेत्र नम्बर–२ मा महेश बर्तौला बिवजयी, बिरोध खतिवडा पराजित

कोल्हवी न्यूज
२०७९ मंसिर ८, बिहीबार ०७:४७

मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर–२ एमालेका युवा नेता नेता महेशकुमार बर्तौला विजयी भएका छन् । नेकपा एमालेका बागमती प्रदेशका उपसचिब समेत रहेका बर्तौलाले ३४ हजार ९१६ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेकपा एमालेका युवा नेता बर्तौलाले सत्ता गठबन्धनका तथा एकिकृत समाजवादीका उम्मेदवार बिरोध खतिवडालाई पराजित गरेका हुन् । नेकपा एकीकृत समाजवादीका नेता तथा संघीय सरकारका पूर्व स्वास्थ्य मन्त्री खतिवडाले ३० हजार ३९६ मत प्राप्त गरे । खतिवडा ४ हजार २२० मतले पछि परेका हुन् ।

यस क्षत्रमा प्रतिष्पर्धामा उत्रेका राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत पराजुलीले १२ हजार ३९ मत पाएका छन् । कुल ८६ हजार ६ सय ५२ मत खसेको ८६ हजार ३ सय ३ गन्दा बर्तौलाले उत मत पाएका हुन । हालसम्म मकवानपुर २ मा ४ हजर १०२ मत बदर भएको छ । आयोगले आधिकारिक बिजयि घोषणा गर्न बाकी छ ।

यस्तो अन्तिम मत परिणाम
खसेको मत : ८६३०१
बदर मत : ४०१०२
महेशकुमार बर्तौला : ३४९१६ (विजयी)
बिरोध खतिवडा : ३०३९४ (निकटतम प्रतिस्पर्धी

)

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*